मुलुक साढे १० खर्ब ऋणमा, अब एकको भागमा ३३ हजर १ सय ७४ रुपैयाँ ऋण!

मुलुक करिब साढे १० खर्ब रुपैयाँ ऋणमा परेको छ। सोमबार सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार डलर महंगिनु र वैदेशिक ऋण बढ्नुलगायत कारणले नेपालको ऋणभार चुलिएको हो । 2०७५ फागुनसम्म भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण ९ खर्ब ७८ अर्ब ४५ करोड रुपैयाँ छ| सर्वेक्षणले भनेको छ। सरकारले अब उठाउने पक्कापक्की भइसकेको आन्तरिक ऋणको ८६ अर्ब रुपैयाँ जोड्ने हो भने १० खर्ब ६४ अर्ब रुपैयाँ मुलुक ऋणमा परेको देखिन्छ। ‘फागुनसम्म प्रतिव्यक्ति ऋण ३३ हजर १ सय ७४ रुपैयाँ छ,’ सर्वेक्षणमा छ। त्यसलाई हालको जनसंख्या २ करोड ९५ लाख पाँच सयले भाग गर्दा ३३ हजार रुपैयाँभन्दा वढी देखिएको हो।
स्रोत- कान्तिपुर दैनिक

प्रकाशित मिति May 28, 2019
Loading...