केशब कटुवाल दुबई – परदेशको केहि सालको बसाइ सगै परदेशका भोगाइ र जीवन बारे राम्रो सग जानेका गायक, छायाकार तथा सम्पादक मिराज अर्यालले सारा परदेशीका भोगाइ लाइ समेटेर यथार्थ कथा बस्तुमा दशैं तिहार गीत “सानी” सार्वजनिक गरेका छन् ।दशैंको मुखमा नै सार्वजनिक भएको गीतका सब्द र भिडियोले परदेशीहरु को मन कटक्क खाएको छ भने घर फर्किन नपाएका सारा परदेशी लाइ रुवाउने देखिन्छ ।
उक्त दशैं तिहार गीतमा बहु प्रतिभासाली ब्यक्तित्वो मिराज अर्याल को सुमधुर स्वर, कृष्ण अर्यालको शब्द/संगीतमा सजिएको छ भने यस भिडियो लाइ राघव आचार्य (राम)ले निर्देशन गरेका छन् ।यस भिडियोमा राघव आचार्य/पृशिला थापा/शिव मगर/अलिफ खान र बाल कलाकार रिचा खनाल / गौरव अधिकारि को निकै राम्रो अभिनय देख्न सकिन्छ । यस भिडियोको बजार व्यवस्थापन Reema Entertainment Nepal ले गरेको छ ।यस भिडियोको छायांकन र सम्पादन गायक आफैले गरेका छन् |
यस गीतका गायक भन्नु हुन्छ गीत र भिडियो मा धेरै नै मेहनत गरेर यथार्थ परक गीत र भिडियो पस्केका छौ दर्सक श्रोताले मन पराउनु हुनेमा आशा बादी रहेको जानकारी गराउनु भयो साथै बिजय दशमीको सम्पूर्ण नेपालीहरुलाइ हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्नु भएको छ ।
बाँकि भिडियो मा हेरौ
प्रकाशित मिति September 30, 2019