ज्ञानेन्द्र शाहीमाथी भएको घटना बारे यसो भन्छन , एसपी दान बहादुर मल्ल !

हिजो चितवनमा भएको घटनाबारे चितवनका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्लले ज्ञानेन्द्र शाहीले खबर नगरी चितवन आएका कारण घटना भएको बताएका छन। मल्लले भने यस अघिनै चितवनमा ज्ञानेन्द्र लगाएतको लागि थ्रेट छ भन्ने कुरा थाहा हुदाहुदै नेपालका लागि नेपालि ले कार्यक्रम आयोजना गरेको र ज्ञानेन्द्र शाहिले आफुलाई खबर नगरी आएको हुनाले घटना भएको बताएका हुन।

मल्लले चितवनमा थ्रेट छ भन्दा भन्दै पनि शाही जबरजस्ती चितवन आएको बताए । नेकपाका कार्यकर्ताले भरतपुरमा भ्रष्टचार विरोधी अभियन्ता शाहीलाई कुटपिट गरेका हुन्।

‘मैले पनि ज्ञानेन्द्र शाहीलाई चितवन नआउनुहोस् भनेको थिएँ, मल्लले भने’ अटेर गरेका कारण घटना भयो ।’उनले घटनास्थलमा तत्काल प्रहरी पुगेकाले थप क्षति नभएको दावी गरे। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको उनको भनाई छ। दिउँसो भरतपुरको चौविसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली’ कार्यक्रममा सहभागि हुन आएका शाहीलाई नेकपा सम्बद्ध विद्यार्थीहरुले गाडी भित्रै कुटपिट गरेका छन् ।

 

प्रकाशित मिति September 29, 2019
Loading...