निर्वाचित जनप्रनितिधि चुनावमा भएको खर्च उठाउन लागिरहेका छन : केसी

बारा -:  राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले मुलुक भ्रष्टाचारको दलदलमा फसेको बताउनुभएको छ । बाराको सिमरामा शुक्रवार संघीयताको विरोध गर्न आयोजित सभामा बोल्दै नेता केसीले संघ, प्रदेश र स्थानिय तहको निर्वाचनपछि मुलुकमा भ्रष्टाचार बढ्दै गएको बताउनु भएकाे हो ।

निर्वाचित जनप्रनितिधि चुनावमा भएको खर्च उठाउन लागिरहेको भन्दै केसीले विकास निर्माण र जनताको काम हुन नसकेको बताउनुभयो । तीन तहको सरकार, प्रशासन र न्यायलयमा भ्रष्ट्राचार बढिरहेको आरोप लगाउँदै उहाँले यो दलदलबाट मुलुकलाई बाहिर निकाल्न खबरदारी जरुरी रहेको उल्लेख गर्नुभयो ।नेता केसीले मुलुकमा राष्ट्रियता माथि हस्तक्षेप बढीरहेको भन्दै संघीयता खारेज हुनुपर्ने बताउनुभयो । मुलुकलाई टुक्राएर सुशासन कहिल्यै कायम हुन नसक्ने भन्दै केसीले राष्ट्रियता जोगाउन पनि संघीयतालाई खारेज गर्नुपर्ने आफ्नो पार्टिको माग रहेको बताउनुभएको छ ।

देश ठेकेदार र जमिन्दारको हातमा रहेको आरोप लगाउँदै उहाँले भन्नुभयो,हिमाल, पहाड र तराईलाई छुट्याएर लादिएको संघीयता राज्यले अब धान्न सक्दैन ।संघीयताविरुद्ध जनमोर्चाले देशभर यसको विरोध गरिरहेको भन्दै केसीले सडकबाटै यसको विरोधमा उत्रन कार्यकर्तालाई आवहन गर्नुभएको छ । संघीयता खारेज नगरिए मुलुकमा विदेशी हस्तक्षेप बढ्दै जाने नेता केसीको भनाई छ ।

प्रकाशित मिति September 28, 2019
Loading...