चितवनको भरतपुरमा भ्रष्टचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीलाइ रामधुलाई गरियो।हेर्नु होस् भिडियो

चितवन, भदौं ११– चितवनको भरतपुरमा भ्रष्टचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही कुटिएका छन् ।आज दिउँसो भरतपुरको चौविसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली’ कार्यक्रममा सहभागि हुन आएका शाहीलाई नेकपा सम्बद्ध विद्यार्थीहरुले गाडी भित्रै कुटपिट गरेका छन् । शाहीको शरीरमा चोटपटक लागेको छ ।

ग्लोबल होटल भरतपुरमा रहेको बा ३ ख ८४५८ नम्बरको माइक्रो बसमा बसेका शाहीलाई बसभित्रै नेकपाका कार्यकर्ताले आक्रमण गरेका थिए । शाहीको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।नेकपा सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम बिथालेका छन् । त्यसक्रममा केहीबेर तनाव समेत भएको थियो ।

चितवनको भरतपुरमा भ्रष्टचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही कुटिएका छन् ।आज दिउँसो भरतपुरको चौविसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली’ कार्यक्रममा सहभागि हुन आएका शाहीलाई नेकपा सम्बद्ध विद्यार्थीहरुले गाडी भित्रै कुटपिट गरेका छन् । शाहीको शरीरमा चोटपटक लागेको छ ।

 

प्रकाशित मिति September 28, 2019
Loading...