विज्ञप्ति जारी गर्दै विष्फोटको जिम्मा विप्लव नेकपाले लियो!

काठमाडौं: नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आइतबार काठमाडौंमा भएका बम विष्फोटको जिम्मा लिएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै घटनामा आफ्ना ४ जना नेता कार्यकर्ताको निधन भएको जनाएको छ । विज्ञप्तिमा विष्फोटमा परेर पार्टी जनमुक्ति सेना र जन वर्गीय संगठनका कमाण्डर महान, पार्टी कार्यकर्ता दीपेन्द्र, प्रज्वल शाही र निरन्तरको मृत्यु भएको जनाइएको छ ।

महासचिव विप्लवले यो घटना हुनुमा मुख्य वर्तमान सरकारको कार्यशैली रहेको उल्लेख गरिएको छ । विज्ञप्तिमा सोमबार आह्वान गरिएको नेपाल बन्द पूर्ण रुपमा सफल भएको दाबी गरिएको छ ।

विप्लव नेकपाले गत जेठ ७ गते भोजपुर र खोटाङको सीमानामा पार्टी सदस्य तिर्थराज घिमिरेको हत्याको विरोधमा सोमबार नेपाल बन्दको आह्वान गरेको हो ।

विज्ञप्ति यस्तो छ 

प्रकाशित मिति May 27, 2019
Loading...