भर्खरै गएको भूकम्पको केन्द्रबिन्दु गोरखा !

काठमाडौं -:  बिहीबार साँझ चितवन ,लमजुंग , गोरखा र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।अजीरकोट गाउँपालिका २ खरिबोट आसपास केन्द्र बनाएर बिहिबार साँझ भूकम्प गएको हो । भूकम्प मापनकेन्द्रका अनुसार साँझ ६ ः ४९ बजे ४.७ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पबाट गोरखा र लम्जुङमा धक्का महशुस गरिएको छ ।यसअघि गत असोज ४ गते केराबारी केन्द्रविन्दू बनाएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।यो २०७२ सालको गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले बताएको छ ।

त्यस्तै गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. ७ साबिक छेकम्पार गाविसको मुलाढाजेनसम्म सडक निर्माण गर्न चीन स्वशासित क्षेत्र तिब्बतका अधिकारी सहमत भएका छन् । चुमनुब्री गाउँपालिका वडा नं. ६ र ७ का जनप्रतिनिधि र तिब्बतको जिलोङ अधिकारी बीच केहीदिनअघि सम्पन्न बैठकमा एकदेखि डेढबर्षभित्र मुलाढाजेन सीमानासम्म सडक निर्माण गर्ने सहमति भएको हो ।बैठक तिब्बतको जोङ्गा सहरमा भएको थियो । ‘हामीले धेरै पहिलेदेखि सीमानासम्म सडक निर्माण गर्न माग गर्दै आएका थियौं’, वडा नं. ७ का अध्यक्ष पासाङफुञ्जो लामाले भने, ‘अहिलेको बैठकमा उनीहरुले सहमति जनाएका छन् ।

अबको एकदेखि दुई बर्षभित्र सीमानासम्म सडक निर्माण गरिसक्ने भनेका छन् । सीमानासम्म सडक बनेपछि छेकम्पार र चुम्चेतबासीलाई तिब्बत आवतजावत गर्न, दैनिक उपभोग्य सामान ल्याउन सहज हुने भयो ।’ तिब्बत सरकारले गोरखाको सीमाना भन्दा उता करिब १३ किलोमिटरसम्म कालोपत्रे सडक निर्माण गरिसकेको छ ।

गोरखा र तिब्बतको अर्को रुइला नाकासम्म भने यसअघि नै कालोपत्रे सडक निर्माण गरिसकेको छ ।त्यस्तै वडा कार्यालयको सिफारिसको आधारमा चुम्चेत र छेकम्पारका बिरामीलाई तिब्बतको अस्पतालमा उपचार सेवा दिने बारे तिब्बती अधिकारी सहमत भएको उनले बताए ।

‘यसअघि जिल्ला प्रशासन कार्यालयको सिफारिसमा मात्र तिब्बत जान पाउने ब्यबस्था थियो । तर बुढाबुढी सदरमुकाम गएर सिफारिस लिन पनि सक्दैनथे । बालबालिकासँग नागरिकता नभएकाले सिफारिस लिन पाउँदैनथे । अब बुढाबुढी र बालबालिकाका लागि वडा कार्यालयको सिफारिसको आधारमा जोङ्गा जान पाउने र उपचार गर्न पाउने बारेमा सहमति भएको छ ।’बैठकमा आउँदो अक्टोबर १० सम्म तिब्बत प्रवेश नगर्न छेकम्पारबासीलाई आग्रह गरिएको छ । तिब्बतमा हुने विशेष महोत्सवको सुरक्षाका लागि यसअघि नै तिब्बत रहेका छेकम्पारबासीलाई फिर्ता पठाएको उनले बताए ।

बैठकमा वडा नं. ६ का अध्यक्ष लोप्साङफुञ्जो लामा, वडन ं. ७ का अध्यक्ष पासाङफुञ्जो लामा, चार जना वडा सदस्यहरु, वडाका कर्मचारी सहभागी थिए । तिब्बती अधिकारीको तर्फबाट १८ वटा सीमाना हेर्ने अधिकारी, जिल्लास्तरका प्रहरी प्रमुख, सेना प्रमुखको उपस्थिति रहेको वडा अध्यक्ष लामाले बताए ।

प्रकाशित मिति September 26, 2019
Loading...