सरकारको कामप्रति जंगिए भिम रावल, उपेन्द्र यादवलाई तत्काल सरकार छोड्न चेतावनी ( भिडियो अन्तरवार्ता )

काठमाडौं-: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता एवम् स्थायी समिति सदस्य भिम रावलले नेपालको पहिचान र अस्थित्व र सांस्कृतिक धरोहर मेटाउने खतरा षड्यन्त्र भैरहेको खुलासा गरेका छन् । सुत्र टिभीको ‘सुत्र बहस’ मा कुरा गर्दै पूर्वमन्त्री समेत रहेका रावलले वर्तमान सरकारले राम्रो नराम्रो के गरेको छ भन्ने कुरा पार्टीको स्थायी समिति बैठकपछि मात्रै बोल्ने बताए ।

उनले पार्टीका संरचना पनि साँघुरिदै गएको भन्दै चिन्ता व्यक्त गरे । नेता रावलले स्थायी समिति बैठक ३ महिनामा बस्ने विधानमा उल्लेख भए पनि आज ८ महिनासम्म नबसेको भन्दै आक्रोश व्यक्त गरे । उनले सरकारका गतिविधि हेर्दा जनताले सन्तोष मान्ने कुनै ठाँउ नरहेको प्रतिक्रिया दिए ।

उनले सरकारको र आफ्नो पार्टी नेकपाको यस्तै रवैया रहिरहे सरकार र पार्टी दुबै रहदैनकि भन्ने चिन्ता रहेको समेत प्रष्ट पारे । उनले नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भएको अन्तरक्रिया सामान्य भाइचाराको सम्बन्ध मात्रै भएको उल्लेख गरे । तर, त्यो भन्दा बढी ६ बुँदे सम्झौतामा अरु कुनै ‘सि बिचारधारा’ लागु गर्ने पनि सहमति भएको भए त्यो आपत्तिजनक भएको उनको भनाइ थियो ।

उनले तत्कालिन एमालेमा आफूले लामो समय विदेश विभागको सचिवको रुपमा कुशलतापूर्वक कार्य सम्पादन गरेको भन्दै पछिल्लो अन्तरक्रियामा आफूलाई कुनै भूमिका नदिएकोमा असन्तुष्टि समेत व्यक्त गरे । उनले भने, कुनै समय थियो तत्कालिन नेकपा एमालेमा अंग्रेजी बुझ्न सक्ने मान्छे खोजेर भेटिदैन थिए, सबै काम गर्ने म नै थिए तर, आज यो पार्टीमा मेरै महत्व भएन ।’

उनले थपे ‘लामो समयम रगत पसिना बगाएको यो पार्टीमा अरु कसैको भन्दा मेरो पनि कम योगदान छैन, त्यसैले भिम रावलले पार्टी छोड्ने कुरा सोच्न पनि सकिदैन ।नेता रावलले वर्तमान सरकारमा समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई एक मिनेट पनि बस्ने अधिकार नभएको दावी गरे ।उनले भने, ‘जुन संविधानमा टेकेर सपथ खाए त्यहि संविधान दिवसका दिन कालो दिन मनाँउनेलाई सरकारमा बस्ने अधिकार छैन, कि हट्नुपर्छ नभए प्रधानमन्त्रीले हटाउनुपर्छ ।

 

प्रकाशित मिति September 26, 2019
Loading...