जनतालाइ भेडा मान्ने अभिनेत्री करिश्मा मानन्धर ‘मिसेस नेपाल इन्टरनेशनल’

काठमाडौं : चर्चित अभिनेत्री करिश्मा मानन्धर मानार्थ ‘मिसेस नेपाल इन्टरनेशनल’ उपाधिबाट सम्मानित भएकी छन् ।

रिवन इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगिताको ग्रान्ड फिनालेमा उनलाई यस्तो सम्मान दिइएको हो ।

रिवन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाका बीच आयोजना गरेको सौन्दर्य प्रतियोगिता ‘सन्तुर मिसेस नेपाल इन्टरनेसनल २०१९’ शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको थियो । सोही अवसरमा पूर्व प्रधानसेनापति रुकमाङ्गद कट्वाल र अभिनेता राजेश हमालले अभिनेत्री मानन्धरालाई क्राउन लगाइदिएका थिए ।

कार्यक्रममा महेन्द्रनगरकी भाविषा कोइराला चटौतले पाँचौ ‘मिसेस नेपाल इन्टरनेशनल’को उपाधि चुमेकी छन् । सोही प्रतियोगितामा महोत्तरीकी स्त्री रोग विशेषज्ञ रंगीना लाईकंग्बम ‘एमएस नेपाल इन्टरनेसनल २०१९’ बिजेता घोषित भइन् ।

भाविषालाई स्कुटर पुरस्कार प्रदान गरिएको कार्यक्रममा भाविषा र रंगिनाले विजेता बन्दै सिंगापुरमा हुने मिसेस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् ।

विभिन्न पेशामा आवद्ध ३० विवाहित महिलाका बीच सम्पन्न प्रतियोगितामा पूर्वप्रधानसेनापति रुकमाङ्गद कट्वाल प्रमूख निर्णायक तथा मिस नेपालका आयोजक गोपाल सुन्दर लाल कक्षपति, अभिनेता राजेश हमाल, मिसेस नेपाल इन्टरनेसनल २०१५ सविता लामिछाने, मिस नेपाल २०१५ इभाना मानन्धर र गायक डा।आभास लाभ निर्णायक रहेको प्रतियोगितामा रोजिना भट्टराई फस्र्ट रनर्स अप, स्नेहा राउत थापा सेकेन्ड रनर्सअप र बेस्ट पर्सनालिटी, शबनम खरेल थर्ड रनर्सअप र बेस्ट ¥याम्प वाक, शिल्पी गुप्ता फोर्थ रनर्सअप र मेनेजमेन्ट च्वाईस, कुश्मा देवी खाँड़ मल्ल मष्ट पपुलर र मस्ट फ्रेण्डली तथा आश्मा तामाङ पब्लिक च्वाईस र मस्ट गर्जियस भएका छन् ।

 

प्रकाशित मिति September 23, 2019
Loading...