विप्लवका कार्यकर्ताद्वारा यात्रुवाहक बसमा आगजनी!

जेठ १३ -नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले आज आह्वान गरेको बन्दको कारण जनजीवन प्रभावित बनिरहेको छ । बन्दको संघारमा भएका बिस्फोटका घटनापछि ठाँउ ठाँउमा प्रहरी परिचालन भएका छन् भने ठाँउ ठाँउमा शंकास्पद बस्तुहरु पनि फेला परिरहेका छन् । यसबीच विप्लव समूहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् ।

गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको बसमाथि आगजनी गरेका हुन् । विप्लव कार्यकर्ताले  ना २ ख ७४४४ नम्बरको यात्रु बाहक बसलाई बिहान गोचेखोलामा आगजनी गरेका हुन् । हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बस धनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेको प्रहरीको भनाई छ । आगजनीबाट बस पूर्णरुपमा क्षति भएको छ ।

प्रकाशित मिति May 27, 2019
Loading...