प्रकाशित मिति September 20, 2019राष्ट्रपति विद्यादेवी भण्डारीलाई इन्द्रजात्रामा कालो झन्डा देखाउँनेहरुलाई अभद्र व्यवहारको मुद्दा लगाईने भएको छ। इन्द्रजात्रामाराष्ट्रपतिलाई कालो झन्डा देखाएको आरोपमा पक्राउ परेका ६९ मध्ये १० जनालाई प्रहरीले अभद्र व्यवहारको मुद्दा लगाउने तयारी गरेको हो । पूर्वसूचनाको आधारमा प्रहरीले सो परिसर क्षेत्रबाट थुप्रै संख्यामा प्रक्राउ गरेको थियो । जसमध्य५१ जनालाई रिहा रिहा गरिसकेको छ ।
प्रक्राउ परेकामध्य अनिल बस्नेत, नारायण अर्याल, हरिनारायणप्रसाद शाह, राजेश तामाङ, रघुराज राजभण्डारी, माधव गुरागाईं, कृष्ण खड्का, पारुहाङ उजुमी राई, कविरसिंह बस्नेत र रविन्द्र कार्की अझै पनि हिरासतमा रहेका छन् । उनीहरुबिरुद्ध प्रहरीले अभद्र व्यवहारको मुद्दा लगाउने तयारी गरेको हो । १० मध्ये ४ जनालाई सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको छ । रिटको सुनुवाई गर्दै सर्वोच्चले तीन दिनभित्र पक्राउ परेकालाई अदालतमा हाजिर गराउन आदेश दिएको छ । बाँकी ६ जनालाई बिहीबार बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरिएको छ।