राष्ट्रिय युवा संघ नेपालद्वारा शाहीलाई कास्कीमा प्रवेश निषेध !

काठमाडौं -:  राष्ट्रिय युवा संघ नेपालद्वारा कास्कीले ज्ञानेन्द्र शाहीलाई प्रवेश निषेध गरेकाे छ ।विज्ञप्ति जारी गर्दै राष्ट्रिय युवा संघ नेपाल कास्कीले भनेको छ, ‘गलत अभियानमा संलग्न ज्ञानबहादुर शह (ज्ञानेन्द्र शाही) जस्ता कुपात्रहरुलाई गणतान्त्रिक भूमि कास्कीमा प्रवेश निषेध गर्ने जानकारी गराउँदै आम न्यायप्रेम जनसमुदायमा विधिको शासन, पछिल्लो परिवर्तन तथा उपलब्धिको पक्षमा दृढतापूर्वक उभिई सहयोग गर्न अपिल गर्दछौँ ।

‘हाम्रो संगठन यस्ता प्रतिगामीको विरुद्धमा आवश्यकता अनुसार प्रतिरोध कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनी समेत दिएकाे छ ।

शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका कारण विमान उडान ढिलो भएको भन्दै शाहीले विरोध जनाएका थिए । उनले यही विषयमा पत्रकार सम्मेलन गर्दा विवाद भएको थियो ।

प्रकाशित मिति September 16, 2019
Loading...