ज्ञानेन्द्र शाहीको आँखामा समस्या ! छौडाहरु पत्रकार बनेर आएर कुटे कदापी छोडिन्न – ज्ञानेन्द्र शाही

काठमाडौं -:  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई स्पस्टिकरण सोधिएको भिडियो सार्बजनिक गरेर विवादमा आएका ‘अभियन्ता’ प्रहरीको नियन्त्रणाम रहँदा आँखामा समस्या भएपछि अस्पताल पुर्याइएका छन्।शनिबार नेपाल गञ्जबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमानमा शाहीले मन्त्री भट्टराईलाई दूव्र्यवहार गरी भिडियो बनाएर सामाजिक सञ्जालमा शेयर गरेका थिए।यो विषयमा आइतबार शाहीले पत्रकार सम्मेलनको तयारीसमेत गरेका थिए। ललितपुरमा आयोजितको उनको पत्रकार सम्मेलनमा हातहालाहालको अस्वस्था आएपछि ‘सुरक्षाका’ लागि भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईेका अनुसार ‘शाहीलाई सुरक्षका लागि लागिएको बताए । अहिले आँखामा समस्या भएको बताएपछि टेकु अस्पताल लगिएको छ।उनले शाहीमाथिको सुरक्षा थ्रे*ट नभएको लागेपछि उनलाई घर पठाइने बताए।उनले प्रहरीले शाहीलाई नियन्त्रणमा लिएको नभई ‘सुरक्षा’ दिएको बताए। उनलाई घर पठाउनेकी नपठाउने भन्ने विषयमा छलफल भइरहेको एसएसपी राईले बताए। भने शाही समर्थनले कुनै पनि हालत मा यो नियोजित कदमलाइ नछोड्ने धारणाहरु सोसल मिडियामार्फत जिकिर गरेका छन् । अब अरु के के हुन्छ पछिला दिन देख्न मिल्ने छ ।

अहिले लाइ यो भिडियो हेर्नु होस् शाही कसरि भागेका थिए

प्रकाशित मिति September 15, 2019
Loading...