सैनामैना सेवा समाज युएई द्वारा तिजको मैजारो साथै नेपालि समाज युएई का नब निर्बाचित कार्य समिति लाई स्वागत तथा बधाई ।

दि एबी प्रिजेन्ट नेपाल – सैनामैना सेवा समाज यूएईले अध्यक्ष केशव ढकाल को सभापतित्वमा प्रमुख अतिथि रूपन्देही सेवा समाज यूएई का अध्यक्ष श्री धर्म प्रसाद भट्टराई ज्यूँ आतिथ्य समाजका महासचिव यूबराज भट्टराई सगै सैनामैना सेवा समाज यूएई ले आफ्नो मासिक भेला तथा हरितालिका तीज को उपलक्ष्यमा सैनामैना सेवा समाज मा आबद्ध दीदी बहिनी हरु लाई दर खुवाऊनुका साथै यसै कार्यक्रम बिच यूएई को सबै भन्दा पुरानो संस्था नेपाली समाज यूएई को चौधौ अधिबेसन बाट नव निर्वाचित सम्पूर्ण पदाधिकारी ज्यूँ हरुलाई स्वागत तथा बधाई का सगै सफल कार्यकाल को शुभकामना ब्यक्त गरिएको थियो ।

कार्यक्रम मा शुभकामना दिदै परिचयात्मक कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमा उपस्थित नेपाली समाज यूएई अध्यक्ष गोविन्द ढकाल ,उपाध्यक्ष दोय कमल गिरी, गणेश न्यौपाने,महासचिव बेद प्रसाद आर्याल, कोषाध्यक्ष दीपक रावत, केंद्रीय सदस्य हरु मा भीम सुनार,नारायण बहादुर बोहरा, नारायण ढकाल ज्यूँ को उपस्थिति थियो कार्यक्रम मा बोल्दै नेपाली समाज यूएई का अध्यक्ष श्री गोविन्द ढकाल ज्यूँ ले सैनामैना सेवा समाज ले स्थापना काल देखी नै यूएई मा र नेपाल मा गरेको बिभिन्न समाजिक काम को प्रसंसा पनि गर्नु भयो । महिला दीदी बहिनीहरुको कार्य शैली र समाज प्रति को लागब र उपस्थिति को पनि राम्रो प्रसंसा गर्नु भयो र आउदा दिनमा नेपली समाजबाट हुने साथ,समर्थन र सहयोग सधै रहने पनि प्रतिबद्धता जनाउनु भयो ।

साथै प्रमुख अतिथि धर्म भट्टराई ले रूपन्देही सेवा समाज ले गर्नु पर्ने काम सैनामैना ले गरेको र केहि हद सम्म रूपन्देही सेवा समाज यूएई लाई कार्यगर्न सजिलो भएको र आफ्नो ब्यक्तिगत तथा रूपन्देही सेवा समाजले भई परी आउनी समस्या को निराकरण को आफुले सहयोग गर्न प्रतिबद्धता गर्दै सैनामैना सेवा समाज यूएई ले गरेको हरेक काम को प्रसंसा पनि गर्नु भयो र नव निर्वाचित नेपाली समाज यूएई का पदाधिकारी ज्यूँ लाई सफल कार्यकाल को सुभकामना दिनु भयो।

सैनामैना सेवा समाज यूएई अध्यक्ष ले सम्पूर्ण सैनामैना सेवा समाज यूएई को तर्फ बाट स्वागत तथा बधाई ज्ञापन गर्दै सफल कार्यकाल को सुभकामना दिनु भयको थियो।कार्यक्रम मा केही बेर औपचारिक कार्यक्रम गरे पनि अन्तमा दर खानु को साथै नाच गान गरि हर्स उल्लास का साथ कार्यक्रमको समापन गरिएको थियो र सम्पूर्ण समाजमा रहेका दाजुभाई तथा दिदि बहिनि मिलि -मिलि दर खादा माईती को आभास भयो भन्दै खुसि ब्यक्त गरेका थिए ।

आगामी दिनमा पनि दिन दुखिहरु को सेवा गर्दै यस्तै विभिन्न कार्यक्रम गर्दै समाजलाइ र समाजमा रहेका सम्पूर्ण सैनामैना बासि लगाएत देशमा पर्ने हरेक बिपत्ति लाइ आत्मा सथा गर्दै लैजाने र सकेको सहयोग जुटाउने प्रतिबद्धता हामि सामु जिकिर गर्नु भएको छ यसै समाजका अध्यक्ष केशब ढकाल ज्युले उहाहरु लाइ नि हार्दिक बधाई हाम्रो तर्फ़ बाट |

प्रकाशित मिति September 14, 2019
Loading...