गणपति विसर्जन गर्न जाँदा डुङ्गा पल्टियो, ११ जनाको मृ*त्यु

मध्यप्रदेश (भारत) -:  भारतीय राज्य मध्यप्रदेशको राजधानी भोपालमा गणपति विसर्जन गर्न नदीको बीचतर्फ गईरहेको डुङ्गा पल्टँदा ११ जनाको मृत्यु भएको छ ।पानीभित्र हराएका पाँचजनालाई भने उद्दारकर्ताहरुले बचाएका छन् । डुङ्गा खाटलापुरा घाटमा पल्टिएको थियो ।

डुङ्गा दुर्घटनाबारे जाँच गरिने मध्यप्रदेशका जनसम्पर्क मन्त्री पीसी शर्माले बताएका छन् । मृतकका प्रत्येक परिवारलाई सरकारले चार लाख रुपैयाँ राहत दिने प्रदेश सरकारले जानकारी दिएको छ ।

डुङ्गा निकै सानो रहेको र मूर्ति भने निकै ठूलो रहेको बताईएको छ । मूर्ति विर्सजनका लागि पानीमा राख्न लाग्दा डुङ्गा ढल्किएर डुबेको बताइएको छ ।डुङ्गा दुर्घटनामा बेपत्ता भएका अन्य मानिसहरुको खोजतलास जारी रहेको मध्यप्रदेश सरकारले जानकारी दिएको छ ।

यो पनि हेर्नु होस्

प्रकाशित मिति September 13, 2019
Loading...