काँग्रेस बाँके सभापतिमाथी आक्रमण, हात भाँचियो प्रधानमन्त्रीसँग कारवाहीको माग

नेपाली काँग्रेस बाँके सभापती किरण कोईरालामाथी आक्रमण भएको छ । काँग्रेसको दोस्रो चरणको जागरण अभियान अन्तर्गत बाँकेको खजुरा गाउँपालिका २ सीतापुरमा बिहीबार आयोजना गरिएको कार्यक्रममा कोईरालामाथी आक्रमण भएको हो ।

नेकपाका स्थानिय कार्यकर्ताहरुले सांघातिक आक्रमण गरी बाँके सभापति किरण कोइरालालगायतलाई घाइते बनाएको काँग्रेसले जनाएको छ।बिहीबार दिउँसो रेडक्रशको हलमा कार्यक्रम भइराखेको बेला आफूहरूको प्रभाव क्षेत्रमा कार्यक्रम गर्न नदिने भन्दै नेकपा कार्यकर्ताले आक्रमण गर्दा कोइरालाको हात भाँचिएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले निकालेको विज्ञप्तिमा उल्लेख छ।

‘यो हाम्रो क्षेत्र हो यहाँ कांग्रेसले कार्यक्रम गर्न पाउँदैन भन्दै बाँके सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाललगायत दर्जनौं कार्यकर्तामाथि सुनियोजित र सांघातिक हमला भएको हो’ विज्ञप्तिमा उल्लेख छ, ‘सभापति कोइरालाको हात फ्याक्चर भएको छ, दर्जनौं कार्यकर्ता घाइते छन्।यो घटनामा सुरक्षा निकाय परिचालन नगरेको भन्दै कांग्रेसले गृह मन्त्रालय र प्रशासनको पनि आलोचना गरेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाको अराजक कार्यकर्ताको आक्रमणमा सभापति कोइराला घाइते भएको भन्दै आफ्ना कार्यकर्तालाई कारवाही गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्।

घटनापछि नेपाली काँग्रेस बाँकले जिल्ला प्रशासन कार्यालय बाँकेमा बुझाएको ज्ञापन पत्र ।

प्रकाशित मिति September 12, 2019
Loading...