दुइ तिहाइ सरकारले नेपालीको थाप्लोमा एकै महिनामा थपिदियो  २० अर्ब ऋण !

नेपालीको थाप्लोमा एकै महिनामा २० अर्ब ऋणभार थपिएको छ । असार मसान्तसम्म १० खर्ब ४७ अर्ब ८ करोड रहेकोमा साउनमा बढेर १० खर्ब ६६ अर्ब ४५ करोड पुगेको हो ।

यसमा खुद वैदेशिक ऋणको हिस्सा ६ खर्ब १३ अर्ब २२ करोड ६ भने आन्तरिक ऋणको हिस्ता ४ खर्ब ५३ अर्ब २३ करोड रुपैयाँ छ । साउनमा मात्रै सरकारले ३ अर्ब ६९ करोड ३६ लाख रुपैयाँबराबरको बाह्य ऋण लिएको छ । साउनमा आन्तरिक ऋण भने परिचालन नगरेको अर्थ मन्त्रालयले जनाएको छ ।

यो वृद्धिसँगै नेपालीको टाउकोमा जन्मिदै ३६ हजार ५०९ रुपैयाँ ऋणभार परेको छ । सात महिनामै ऋणभार ४ हजार ४०१ रुपैयाँले बढेको छ । गत वर्षको पुससम्म नेपालीको टाउकोमा ३२ हजार १०८ रुपैयाँ ऋण थियो । केन्द्रीय तथ्यांक विभागको सन् २०१८ को तथ्यांकअनुसार नेपालको अनुमानित जनसंख्या २ करोड ९२ लाख १० हजार ११८ छ ।

प्रकाशित मिति September 11, 2019
Loading...