गढिमाईमा बली प्रथा हटाउन नरिवल फोरेर पूजा सुरु ,राम्रो काम सेयर गरौ

काठमाडौं -:  कुनै बेला लाखैको संख्यामा बोका तथा रागा बलि दिने बाराको गढिमाई मन्दिरमा बलि प्रथा हटाउने भन्दै नरिवल फोरेर सात्विक पूजा भएको छ। बलि नदिएपनि पूजा हुन्छ, मनोकामना पुरा हुन्छ भन्ने सन्देशको लागी उक्त मन्दिरमा हजारौको संख्यामा भक्तजन उपस्थित भएर नरिवल फोरेर उक्त पूजा गरेका हुन्।

नवजीवन परोपकार समाज श्री प्रणामी युवा परिषद हन्ड्रेड ग्रुप, कविर समाज पुनर जागरण तथा स्थानियको सहभागीतामा हत्या हिंसा नगरीपनी पूजा तथा मनोकामना पुरा हुन्छ भन्दै उक्त पूजा गरिएको नवजीवन परोपकार समाजका कोषाध्यक्ष राधेश्याम खड्काले बताएका छन् ।

बर्षको मंसिर महिनामा गरिने हजारौ बलि यस बर्ष पनि गर्ने आयोजना भएको स्थानियको भनाई रहेको छ । तर उक्त प्रथा नेपालका भक्तजनले नगरेर भारतिय भक्तजनले बढि गर्ने गरेको र यो प्रथा विस्वमा पनि निन्दनिय रहेको स्थानिय तथा त्यहाँका पूजारीको भनाई छ।

 

प्रकाशित मिति September 9, 2019
Loading...