एसिया कप : नेपालले बंगलादेशलाई  २६२ रनको चुनौती दिदा पनि हार

काठमाडौँ -: श्रील‌ंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशलाई जितका लागि २६२ रनको चुनौती दिएको थियो बंगला देशले ४९।२ ओभरमा खेल आफ्नो पक्षमा पारेको छ ।

कोलम्बोको पिएसएस क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा८ विकेट गुमाउँदै २६१ रनको योगफल बनायो। नेपालका लागि पवन सर्राफ र सन्दीप जोराले अर्धशतकीय इनिङ्स खेले।पवनले १०९ बलमा एक छक्का र आठ चौकाको मद्दतमा ८१ रनको योगदान दिए। त्यस्तै सन्दीपले ३७ बलमा तीन छक्का र तीन चौका प्रहार गर्दै ५६ रन जोडे। त्यस्तै रित गौतमले ३२, कुशल मल्लले २८, भीम सार्कीले २१ तथा कप्तान रोहित पौडेलले १४ रन बनाए ।

बंगलादेशका लागि तान्जिम हसन शकिब र साहिन आलमले समान २/२ विकेट लिए। नेपाललाई अघिल्लो चरण प्रवेशको लागि पनि बंगलादेश विरुद्धको खेलमा जित्नैपर्ने दबाव छ।यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलङ्कासँग पाँच विकेटले पराजित भएको थियो। बंगलादेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ।

प्रकाशित मिति September 8, 2019
Loading...