अस्ट्रेलियामा ब्लड क्यान्सरबाट लडिरहेका एक नेपालिलाइ सहयोगको अपिल, सके सहयोग नसके शेयर गरिदिनु होला

अस्ट्रेलिया -: अस्ट्रेलियामा ब्लड क्यान्सर संग लडिरहेका प्रकाश केसीको लागि सहयोग को लागि अपिल : अस्ट्रेलिया मा बसोबास गर्दै आएका नेपालि प्रकाश केसी लाई ब्लड क्यान्सर भएपछी सहयोग को लागि सबैलाई सहयोग गरिदिनु हुन अपिल गरका छन् ! अस्ट्रेलिया को भिक्टोरिया राज्य आल्बारी मा प्रकाश केसी कि श्रीमती र दुइ सन्तान सहित बस्दै आइरहेका थिए !

प्रकाश लाई ब्लड क्यान्सर भएपछी उनको परिवार मा बज्रपात नै पर्यो जब उनलाई डाक्टर ले उनलाई ब्लड क्यान्सर भएको बताए ! प्रकाश केसी भिक्टोरिया बस्दै आएपनि उपचार को लागि थप उपचार को लागि मेलबर्न मा अस्पताल को नजिकै बस्न थालेका छन् ! सबैले जसरि सकिन्छ तेसरी सहयोग गरिदिनुहोला !

डाक्टरहरुका अनुसार, प्रकाशको अब पाँच महिनासम्म किमोथेरापी गर्नुपर्छ र बाँकी ८ महिना उनले बेड रेस्ट गर्नुपर्ने हुन्छ ।प्रकाश केसीका कान्छा सन्तान मात्र ११ महिनाका छन् । परिवारको आवश्यक खर्च सबै प्रकाशले धान्दै आएका थिए । त्यसमाथि लिज एग्रिमेन्ट भएको बसिरहेको ठाउँबाट सर्नुपर्दाको दोहोरो खर्च, बच्चाको रेखदेख, औषधि उपचार सबैकुराले यतिबेला परिवारलाई थिचिरहेको छ ।प्रकाश केसीको परिवारको यो अवस्थामा सहयोग गर्नको लागि अहिले नेपाली समुदाय जुटिरहेको छ । प्रकाश केसीलाई सहयोग गर्न चाहनेले Gofundme मार्फत सहयोग गर्न सकिनेछ ।यहाँ क्लिक गर्नहोस’।

 

प्रकाशित मिति September 7, 2019
Loading...