विदुर -: जिउँदै पुर्दै गरिएको अवस्थामा गाईको सकुशल उद्दार गरिएको छ ।नुवाकोटको विदुर नगरपालिका ४ मा जिउँदै गाईलाई पुर्दै गरेको थाहा पाएपछि सिन्चाइ ब्यारेकका सेना र प्रहरीको सहयोगमा गाईको सकुशल उद्धार गरिएको हो ।
स्थानीयले गाई पुर्दे गरेको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।बट्टार हावाघर नजिकै नवर्निमित क्रियापुत्री बस्ने भवन नजिक गाईलाई खाल्डा खनेर पुर्न लागिएको अवस्थामा स्थानीयले देखेपछिप्रहरीलाई खबर गरिएको हो ।गाई पुर्न खोज्ने भने हाल फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
Loading...