बैङ्कका कर्मचारीलाई गोली हानी ४ लाख लुटियो!

धरानः धरान–१० मा रहेको जीवन विकास संस्था नामक बैङ्कका कर्मचारीमाथि गोली प्रहार भएको छ ।
धरान–५ स्थित साउनेबाट फर्कने क्रममा उनीमाथि गोली हानिएको हो । संस्थाका कर्मचारी शम्भुप्रसाद गच्छदारमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । रातो स्कुटरमा आएको तीन जनाको समूहले गोली प्रहार गरी उनको साथमा भएको नगद लुटेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनी पानबारीबाट धरान आउँदै गरेका थिए ।

गोली प्रहारबाट कर्मचारी शम्भु गच्छदार घाइते छन् । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको बायाँ कम्मरको माथिल्लो भाग र कुइनामा दुई वटा गोली लागेको प्रतिष्ठान प्रहरी पोष्टले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेसहितको टोली गएको छ । घटनापछि धरानको सुरक्षा व्यवस्था कडा बनाइएको छ । धरान धरान प्रवेश गर्ने चारैतिरको नाकामा प्रहरीले चेकपोइन्ट थापेको छ । रातो स्कुटी प्रहरीको निगरानीमा परेका छन् । उनी मोटरसाइकलमा धरानको वडा नं. ५ पाँचकन्यामा आइपुग्दा ३ जनाले बाटो छेकेर पेस्तोल निकालेर टाउकोमा प्रहार गरेको घाइते गच्छदारले बताए । मास्क लगाएका उनीहरू त्यसपछि पैसा लिएर भागेको उनले बताए । दुई लागेका गच्छदारको अवस्था खतरामुक्त रहेको चिकित्सकले जानकारी दिएका छन् । गच्छदारमाथि लागेको एउटा गोली देव्रे कम्मरमाथि छ भने अर्को गोली देब्रे पाखुरामा छ।

प्रकाशित मिति May 26, 2019
Loading...