दाईको लागि बहिनीको गुहार: विम्ती छ मेरो दाईलाई बचाई दिनुस, सक्दो शेयर गरि सहयोगीसम्म पुर्याउनु होला !

उदयपुरका बिबेक राईको सहयोगको लागि बहिनि मेरी राइले सम्पूर्ण नेपालीहरुलाई सहयोगको अपिल गरेकी छिन । बिबेकको बैसाख २२ गते दुर्घटना भएको थियो ।घरको स्थिति अति कमजोर हुनाले पछि काठमाडौंमा आएर सानो तिनो कामगरी भाई र बहिनीलाई लिएर गुजारा चलाई रहेको अवस्थामा उनको ललितपुरको नख्खु स्थित बाटोमा बाईक दुर्घटना भई अचेत अवस्थामा हस्पिटलमा पुराई टाउकोको दाहिने पट्टीको हड्डी निकालिएर राखिएको कारण फेरी हड्डी लगाउनको लागि ८ लाख भन्दा बढि रकम चाहिएको छ ।

कोठामा खान सम्म अभाव भएको छ, यदि यो दु खको घडिमा सहयोगको लागि हजुर हरुको सानो मुठ्ठीले पनि ठूलो काम गर्ने छ , बिदेशमा रहनु हुने वा स्वदेशमा रहेर सहयोग गर्नु भन्दै उनकी बहिनि मिडियामा आएकी छिन ।

सहयोगको लागि – खाता नम्बर : A/C : 0415750444693001
A/C Name : Meri Rai ( बिमारीको बहिनी)
Bank Name : NIC Asia
Branch : Satdobato
फोन सम्पर्क : 9808969556/ 9819916576

 

प्रकाशित मिति September 5, 2019
Loading...