अमेरिकमा दुर्घट्नामा परि एकै परिवारका ३ नेपालीको मृ*त्यु

काठमाडौं -:  अममेरिका सवारी दुर्घट्नमा परि मंगलवार एकै परिवारको ३ जना नेपालीको मृत्यु भएको छ ।स्थानीय प्रहरी अधिकारीका अनुसार अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घटनामा परि श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन रहेका छन ।

सो दुर्घट्नामा परि श्रद्धाका पति प्रभास ओझा र उनीहरूकी ४ वर्षिय छोरी घाइते भएका छन । प्रभासको अवस्था स्थिर छ भने बालिका अवस्था चिन्ताजनक छ ।स्थानिय समय अनुसार २ः ५५ बजे भएको सो दुर्घट्नमा उनीहरु सवार टोयोटा आरएभी ४ लाई पछाडिबाट टोयोटाको पिकअप ट्रकले ठक्करले ठक्कर दिएको थियो ।

मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व जाने क्रममा ट्राफिक बत्तीमा रोकिएको अवस्थामा सो दुर्घट्ना हुन गएको थियो । दुर्घटना हुँदा श्रद्धा र प्रभाश अगाडी सिटमा थिए, बाँकी ३ जना पछाडिको सिटमा रहेको स्थानिय जोप्लिन प्रहरीले जनाएको छ ।

प्रकाशित मिति September 5, 2019
Loading...