नेपालको बिकाश तिब्र गतिमा “बालुवामाथि कालोपत्रे”भिडियो

जनकपुरधाम -: एकातिर कालोपत्रे भइरहेको छ अर्कातिर उकिँदै गएको छ। यो बेहाल महोत्तरीको लक्ष्मिनियाँ भरतपुर,रघुनाथपुर सडकखण्डको हो। निर्माण कम्पनीले सडकको बेसमा प्रयोग गरिएको डस्ट (बालुवा) सफा नगरी कालोपत्रे गरेको पाइएको छ।

सडक निर्माण बन्द गराइएको स्थानीय दिनेश महतोको भनाइ छ। ‘ठेकेदारले बालुवामा अलकत्रा छर्किएर कालोपत्रे गरे’, उनले भने, ‘सडक निर्माणमा ठेकेदारको चरम लापरवाही देखिएको छ।बहुवर्षीय योजनाअन्तर्गत सडक विस्तार भइरहेको छ। गत आर्थिक वर्षमै भरतपुर-फुलकाहा तीन किलोमिटर कालोपत्रे गर्ने

योजना थियो। ठेक्का पाएको विकास एन्ड ब्रदर्स जनकपुरको ढिलासुस्तीले काम ढिलाइ भएको छ। साढे ३ करोड बजेटमा बनिरहेको तीन किलोमिटर कालोपत्रे सडकमा कमसल काम भएको हो।ठेकेदार कम्पनीका प्रोप्राइटर मुना साहले कामदारले लापरवाही गरेको स्वीकार गरेका छन्। ‘कालोपत्रे गर्न सडकको बेसमा डस्ट प्रयोग गरिन्छ। त्यसलाई सफा गरेर अलकत्रा छर्की पिच गर्नुपर्ने हुन्छ, उनले भने, ‘कामदारले डस्ट सफा नगरी कालोपत्रे गरे। कमीकमजोरी भएको छ।असारमा अलकत्रा नपाएर काममा ढिलाइ भएको उनले बताए।

सडक डिभिजन कार्यालय मुजेलिया जनकपुरका प्रमुख विनोदकुमार मौवारले सडक निर्माण कार्य स्टिमेटअनुसारै भइरहेको दाबी गरेका छन्।कालोपत्रे राम्रै भइरहेको छ उनले भने,कहींकतै मात्रै कमसल काम भएको छ। ती ठाउँको कालोपत्रे उकाउँछौं। फेरि ठेकेदारबाट नयाँ काम गराउँछौं।प्रदेशसभा सदस्य भरतप्रसाद साहले निर्माणाधीन सडकमा भइरहेको लापरवाहीबारे आफू गम्भीर रहेको बताए। ‘ठेकेदार र सडक डिभिजन कार्यालयका प्रमुखलाई सडक निर्माणस्थलमा बोलाएर अवलोकन गर्छौं उनले भने।

अन्नपुर्ण न्यज बाट साभार

 

प्रकाशित मिति September 4, 2019
Loading...