फेरी बिबादमा सित्तैमा ल्वाङ पनि नखाएको भन्ने रवि लामिछानेको समुहले थोत्रो कार समेत छाडेन

काठमाडौँ -: न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने वेलकम एडभरटाइजिङको ‘सिधाकुरा जनतासंग’ कार्यक्रमका प्रस्तोता एवं पत्रकार शालिकराम पुडासैनी आ*त्मह*त्या दुरूत्साहनका अभियुक्त रवि लामिछानेले धरौटीमा छुटेको भोलिपल्ट चितवनको नारायणी नदीको किनारामा भएको शुभेच्छुक सभामा सम्बोधन गर्दै आफ्नो टिमले सित्तैमा ल्वाङ पनि नखाएको बताए । त्यसपछि उपस्थित भएका रविका समर्थकदेखि रमितेसम्मले पर्रर ताली पिटे ।

तर उनले त्यो झुट बोलेको हो भनेर ती उपस्थितहरूले भ्यउनै पाएनन् । हुनत प्रहरी हिरासतमै रहँदा उनले आफूलाइ पुग्नेमात्र झुट बोल्ने गरेको भन्ने भनाइ सामाजिक सञ्जालमा भाइरल बनेको थियो । लामिछानेले सिधाकुरा जनतासंग टिमले सित्तैमा ल्वाङ पनि नखाएको बताइरहँदा उनको टिमका महत्वपूर्ण सदस्य एवं कार्यक्रमका उत्पादक दीपक बोहोराले ९ महिनाअघि सित्तैमा कार नै पड्काएको खुलासा भएको छ ।

प्रकाशित मिति September 4, 2019
Loading...