ऋषी धमला फेरी विवादमा, श्रीमतीलाई खुट्टाको पानी खुवाउँदै गरेको भिडियो सार्वजनिक !धमला यसो भन्छन

काठमाडौं- :  टेलिभिजन प्रस्तोताको रुपमा चर्चा कमाएका ऋषी धमला फेरी विवादमा तानिएका छन् ।कुनै समय राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कालाई ‘उल्लु प्रश्न’ सोधेर विवादमा आएका धमला फेरी आफ्नै श्रीमतीलाई खुट्टाको पानी खुवाएर विवादमा आएका छन् । हरितालिका चिजको दिन उनकी श्रीमतीलाई खुट्टा ढोगाउँदै खुट्टाको पानी समेत खुवाउँदै गरेको तस्विर सामाजिक सञ्जालमा भेटिएको छ ।

त्यति मात्रै होइन उनले पत्निलाई खुट्टाको पानी खुवाउँदै गरेको भिडियो समेत भेटिएको छ । धमला पत्नि एलिजा गौतमले उनको खुट्टाको पानी खाइरहेकी छिन् । गौतमको व्यक्तिगत चाहानाले खुट्टाको पानी खाएको भएता पनि सामाजिक सञ्जालमा भने धमलाको आलोचना शुरु भएको छ ।

भिडियो

प्रकाशित मिति September 3, 2019
Loading...