हुण्डी रोक्न आजदेखि विदेश जानेलाई वैंक खाता अनिवार्य, अन्यथा श्रम स्वीकृति नपाइने !

काठमाडौं, भदौ -:  तपाई वैदेशिक रोजगारमा जाने योजनामा हुनुहुन्छ ? आफ्नै नाममा वा नजिकको आफन्तको नाममा वैंक खाता छ की छैन ? यदि छैन भनें तपाईले आजदेखि अन्तिम श्रम स्वीकृति पाउनु हुनेछैन । वैदेशिक रोजगार विभागले अन्तिम श्रम स्वीकृति लिन वैंक खातालाई सोमवार देखि अनिवार्य बनाएको छ ।

विभागका निर्देशक भोलानाथ गुरागाईंका अनुसार सरकारले हुण्डीलाई रोक्दै वैंकिङ च्यानल मार्फत रकम भित्रिने व्यवस्थाका लागि वैंक खाता अनिवार्य गरेको हो । यसैगरी यसले रकमको विषयमा परिवारमा हुनसक्ने विवाद पनि न्यूनिकरण हुने अपेक्षा गरिएको छ ।

निर्देशक गुरागाईले वैदेशिक रोजगारमा जाने व्यक्तिले अन्तिम श्रम स्वीकृति लिन वैदेशिक रोजगारमा जाने व्यक्ति स्वयंको वा निजले ईच्छ्याएको व्यक्तिको बैंक खाताको विवरण अनिवार्य रुपमा आजदेखि अपलोड गर्नुपर्नेछ । रकम स्वदेश पठाउने विषयलाई व्यवस्थीत गर्न भन्दै सरकारले यसअघि वैदेशिक रोजगार नियमावली २०६४ मा केहि संशोधन यसअघि नै गरिसकेको थियो । सोही अनुरुप विभागले वैंक खातालाई अनिवार्य गरेको हो ।

यसका लागि अव देखि रोजगारीमा जाने व्यक्तिले आफ्नो खाता रहेको वैंकको नाम, खाता नम्वर,नाम, अन्य व्यक्तिको नाममा खाता भए नाता खुलाएर विवरण वैदेशिक रोजगार सुचना व्यवस्थापन प्रणाली(फेमिस) मा अपलोड गर्नुपर्नेछ ।

प्रकाशित मिति September 2, 2019
Loading...