आजको दिन कस्तो छ त आजको राशिफलमा  !साथै  पाथिभरा माताको दर्सन गरौ

मेष
आर्थिक सम्वृद्धि, उन्नति, प्रगतिको साता रहला। मान, सम्मान, इज्जत प्रतिष्ठाहरु बढ्न सक्नेछन्। विद्या बुद्धि बढ्ला। साथीभाइ, कुलकुटुम्बको सहयोग प्राप्त रहनेछ। यात्रा सुखद रहला। नयाँ कार्यको थालनीको योग बन्नेछ।

वृष
आर्थिक उन्नति, प्रगतिको वातावरणहरु रहन सक्नेछन्। विद्या बुद्धि बढ्नेछ। मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्ला। दाजुभाई दिदिबहिनीबीचको सहयोग प्राप्त हुनेछ। अकस्मात जागिरमा लाभ योग छ। मनमा उत्साह र उमङ्गहरु रहनेछन्। स्वास्थ्यमा केही समस्या रहला। घर-घरायसी पक्षमा राम्रो सफलता मिल्नेछ। मानसिक शान्ति, उन्नति, प्रगतिको वातावरण रहला। धार्मिक कार्यमा मन जानेछ।

मिथुन
स्वास्थ्यमा राम्रो सुधार रहला। विद्या, बुद्धि बढ्नेछ। यात्रा सुखद रहने देखिन्छ। मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्ला। राजनीतिक र सामाजिक क्षेत्रमा भने राम्रो देखिन्छ। लेनदेनमा केही समस्याहरु रहन सक्लान। कृषि क्षेत्रमा लाभ छ। मातापिताबाट पाउने सहयोग भने भरपूर्ण रूपमा प्राप्त रहला।

कर्कट
आयआर्जनका मार्गहरु प्रशस्त बढ्नेछन्। मनमा कौतूहल र चिन्ताहरु रहलान। जागिरे पक्षको लागि भने केही समस्या रहन सक्नेछ। स्वास्थ्यमा निकै विचार पुर्याउनु पर्ला। कृषि क्षेत्रमा लाभ छ। मनमा कौतूहल, चिन्ता र पिडाले गर्दा घरघरायसीमा केही झैँझगडा रहन सक्नेछ। नचाहिँदा झुटा आरोप प्रत्यारोप रहला।

सिंह
मनमा उत्साह र उमङ्गहरु रहनेछन्। अकस्मात नया कार्य बन्ला। विद्या बुद्धि बढ्नेछ। दाजुभाइ, दिदिबहिनीबीचको सहयोग प्राप्त रहला। लेनदेनमा भने केही समस्याहरु रहन सक्नेछन। राजनीतिक र सामाजिक क्षेत्र राम्रो देखिन्छ।

कन्या
जागिरे पक्षहरुको लागि यो साता राम्रो छ। मनमा उत्साह र उमङ्गहरु छाउनेछन्। नयाँ कार्यको थालनी होला।

तुला
धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। आर्थिक उन्नति, प्रगति बन्ने देखिन्छ। कृषि क्षेत्रमा लाभ देखिएको छ। पारिवारिक सुख, शान्ति, समृद्धि बन्ला। दाजुभाई दिदिबहिनीको सहयोग प्राप्त रहन सक्नेछन। नयाँ सवारीसाधनको योग बन्नेछ। यात्रा हजुरको लागि सुखद रहनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा भने निकै राम्रो देखिन्छ।

वृश्चिक
नयाँ कार्यको थालनी होला। मनमा उत्साह र उमङ्गहरु बढ्नेछन्। व्यापार व्यवसायमा लाभ छ। आर्थिक उन्नति प्रगतिको वातावरण बन्ने देखिन्छ। दाजुभाई दिदिबहिनीको सहयोग प्राप्त रहला। नयाँ कार्यको थालानी होला। जागिरे पक्षको लागि यो साता राम्रो छ।

धनु
मनमा उत्साह र उमङ्गहरु बढ्नेछन्। व्यापार व्यवसायमा लाभ छ। दाम्पत्य जीवनमा सुख, शान्ति, समृद्धि बन्ने देखिन्छ। राजनीतिक र सामाजिक क्षेत्रमा इज्जत, प्रतिष्ठाहरु बढ्नेछन्। अचानक लाभ योग छ। देशविदेशबाट खुशीको खबर सुन्न पाउनुहुनेछ। कृषि क्षेत्रमा लाभ देखिएको छ।

मकर
व्यापार व्यवसायमा लाभको साता रहला। आर्थिक उन्नति, प्रगति बढ्नेछ। दाजुभाइ दिदिबहिनीको सहयोग प्राप्त रहने देखिन्छ। नयाँ सवारीसाधनका योग बन्लान। सन्तान सुख, शान्ति, समृद्धि बन्नेछ। राजनीतिक र सामाजिक क्षेत्रबाट भने लाभ योग छ। माता पिताबाट पाउने आशिर्वाद राम्रो देखिन्छ। घर घरायसी पक्षमा नयाँ कार्यका थालानीको योगहरु बन्नेछन्।

कुम्भ
विद्या बुद्धि बढ्न जाला। आय-आर्जनका मार्गहरु प्रशस्त बढ्नेछन्। स्वास्थ्यमा केही समस्या रहला। अचानक यात्राको योग बन्ला। दाजुभाइ, दिदिबहिनी परिवारबाट पाउने सहयोग भने भरपूर्णरूपमा प्राप्त रहनेछ। अचानक नयाँ कार्यको थालनीको योग बन्ला। राजनीतिक क्षेत्रमा केही समस्याहरु देखापर्नेछन्। स्वास्थ्यमा केही अप्ठ्यारा पक्ष रहलान। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ।

मीन 
मनमा उत्साह र उमङ्गहरु बढ्नेछन्। व्यापार व्यवसायमा लाभ मिल्नेछ। सन्तान सुख, शान्ति, समृद्धि मिल्ला। अचानक यात्राका योगहरु रहन सक्नेछन। घरपरिवारको सहयोग प्राप्त रहनेछ। नयाँ कार्यको थालनी बन्ला। विद्या बुद्धि बढ्ला। स्वास्थ्यमा क्रमिक सुधारका योगहरु रहनेछन्।

प्रकाशित मिति May 26, 2019
Loading...