युएई बाटै “बेसारेको मायाजाल” हास्य टेलि शृंखला सुरुवात । भिडियो सहित

दि एबी प्रिजेन्ट नेपाल -: यूएई मा नेपाली म्यूजिक भिडियो निर्माण गर्न सुरु भएको एक दशक हुन लाग्यो ।रोजगारीको निम्ति आएका नेपालीहरुले सिर्जना गरेका थुप्रै गीतहरुको भिडियो यूएई मा तयार बनाइएको छ ।आधुनिक ,पप ,लोक मात्र हैन तीज गीत का भिडियो हरु समेत तयार पारिएको छ यूएई मा ।

यू ए ई मा केही वर्ष पहिले निर्माण भएको सर्ट मुभी काँचो प्रेमले १ मिलियन भन्दा बढी भियुज पाएको छ भने यू ए ई मा बनेका अन्य थुप्रै सर्ट मुभिहरु यू ट्युबमा हेर्न सकिन्छ ।यसै क्रममा युएईमै बसेर B2K Asia च्यानल मार्फत बेसारेको मायाजाल हास्य टेलि शृंखला सुरुवात गरिएको छ । हरेक महिना दुई एपिसोड आउने यस

हास्य टेलि शृंखला मा दर्शक लाइ केहि नया कुरा त केहि ज्ञान पनि दिने खालको रहनेछ ।कार्यक्रमको बजार ब्यबस्थापन बरुण खनाल , कैलाश अर्याल , बिष्णु खनाल ले गर्दै आएका छन भने निर्देशन इन्द्र सेन्चुरिले गरेका छन ।साथै यूएई मा रहेर आफ्नो कलाकारितालाई पनि अगाडी बढाउन खोज्ने को लागि यो राम्रो अवसर पनि रहेको छ ।

प्रकाशित मिति August 30, 2019
Loading...