तीजमा कमाइ नहुँदा पार्टी प्यालेस सञ्चालक आक्रोशित !आफ्नो विचार राख्नुहोस

१३ भदौ, काठमाडौं -:  राजधानीमा सञ्चालन भइरहेका पार्टी प्यालेसका लागि पैसा कमाउने सिजन हो तीज । तर, यसपालिको तीजमा भने उनीहरुको व्यवसायमा मन्दी आएको छ । अघिल्ला वर्षहरुमा तीज आउनुभन्दा महिना दिन अगाडिबाटै विभिन्न संघ–संस्थाका नाममा दर खान पार्टी प्यालेस र क्याटरिङहरु बुक हुन थाल्थे । यसपालि भने धेरै पार्टी प्यालेसहरु लगभग सुनसान छन् ।

तीजमा हुने भड्किला कार्यक्रम रोक्न भन्दै कास्की, तनहुँ, काठमाडौं लगायतका जिल्ला प्रशासन कार्यालयहरुले सूचना जारी गरेका थिए । साउन पहिलो सातादेखि नै जारी गरिएका सूचनामा तीजका कार्यक्रम आयोजना गर्ने संस्था र कार्यक्रम हुने पार्टी प्यालेस तथा क्याटरिङ र रेन्टल तथा मिष्ठान्न एवं होटलहरुलाई कारवाही गर्ने चेतावनी दिइएको थियो । यही चेतावनीको प्रभाव पर्दा पार्टी प्यालेसको व्यवसायलाई धक्का लागेको व्यवसायीहरुको गुनासो छ ।

काठमाडौंमा तीनवटा पार्टी प्यालेस सञ्चालन गर्दै आएको सासा ब्याङ्क्वेटले यस वर्ष एउटा पनि तीजको दर खाने कार्यक्रम आयोजना गर्न नपाएको सञ्चालक बताउँछन् । अघिल्लो वर्ष एउटा ब्याङ्क्वेटमार्फत कम्तिमा ७/८ वटा दर खाने कार्यक्रम गर्ने उक्त पार्टी प्यालेसका तीनैवटा शाखामा यस वर्ष एउटा पनि कार्यक्रम नभएको पार्टी प्यालेसका म्यानेजर राजेश केसीले बताए ।तीज कार्यक्रमबाट हाम्रो सञ्चालन खर्च उठ्थ्यो, तर सरकार लागेर यसपालि त्यो मासियो,म्यानेजर केसीले भने ।

काठमाडौं, भक्तपुर र इटहरीमा पार्टी प्यालेस ब्यवसाय गर्दै आएको ईम्पेरियल पार्टी प्यालेसको पनि यस वर्ष तीज विशेष व्यवसाय नभएको प्रमुख कार्यकारी अधिकृत अनुप शर्माले बताए । सरकारी उर्दीसँग जनता डराएको उनले बताए

प्रकाशित मिति August 30, 2019
Loading...