राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्याकुरेलमाथि हातपात !

काठमाडौं -:  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका राजिष्ट्रार रामप्रसाद प्याकुरेलमाथि अभद्र व्यवहार गरिएको छ । प्रतिष्ठान कार्यालयमा रजिष्ट्रार प्याकुरेललाई एक व्यक्तिले अभद्र व्यवहार गरेका हुन्। कार्यालयमा रजिष्ट्रार प्याकुरेललाई निलो टि–शर्ट लगाएका एक व्यक्तिले धकेलेर लडाइदिएका छन्।

रजिष्ट्रार प्याकुरेलको हातमा चोट लागेको छ। रजिष्ट्रार प्याकुरेलमाथि भएको अभद्र व्यवहारको विरोध जनाइएको छ । रजिष्ट्रार प्याकुरेललाई प्रतिष्ठान बचाउ अभियानका नाममा हो–हल्ला र आन्दोलन चर्काउने समूहले अभद्र व्यवहार गरेको बताइएको छ।

अभद्र व्यवहार गर्ने व्यक्तिको तस्वीर र भिडियो प्रतिष्ठान कार्यालयको सीसी क्यामेरामा कैद भएको छ । प्रतिष्ठानमा उक्त समूहले तालाबन्दी गरेका छन्।

प्रकाशित मिति August 28, 2019
Loading...