बोल माया टिमको अर्को उत्कृष्ट प्रस्तुति  “गलबन्दी” सार्वजनिक भिडियो सहित

केशब कटुवाल , दुबई – नेपाली सांगीतिक बजारमा अहिले निकै राम्रा गीत संगीतको सिर्जना भएको हामी देख्न पाउछौ भने तेस्ता गीत संगीत दर्सक श्रोता धेरै रुचाएको पाहिन्छ । यस्तै एक सर्जक हुन प्रकाश सपुत अझ भन्न पर्दा उनि नेपाली लोक गीत संगीतमा सबै खाले दर्सक श्रोतालाइ खुसि बनाउने एक चर्चित सर्जकको रुपमा पर्छन हुन त उनलाइ बेला बेला आरोप हरु नि आउने गर्छन भाका मिलाएर या लोक गीत संगीतमा बिकृति ल्याएको भनेर किन कि उन लोक दोहोरिमा ब्याटल पनि भित्र्याएका थिए ।

उनैको चर्चित गीत बोल माया निकै नै चर्चा बटुल्न सफल पनि भयो र प्रकाश सपुत जति थिए त्यो भन्दा माथि लैजान टेवा पनि पुर्न्यो। आज तेही बोल मायाको कथा लाइ जस्ताको तेस्तै उतार्दै “गलबन्दि ” सार्वजनिक गरेका छन् ।जसमा स्वर चर्चित गायिका शान्ति श्री परियार र प्रकाश सपुतको रहेको छ भने गीतको सब्द संगीत पनि आफै गरेका छन् भने भिडियो मा बोला मायाकी मोडल अन्जली अधिकारी र साथ मा प्रकाश सपुत आफै देखिएका छ । भिडियोको छायांकन कारण चैसिरले गरेका छन् भने भिडियोको निर्देशन प्रकाश सपुतको नै रहेको छ र भिडियो सम्पादन प्रविन भट्टले गरेका छन् ।

https://www.youtube.com/watch?v=QNInfBuBcOA

 

प्रकाशित मिति May 25, 2019
Loading...