महान चाड गौरा पर्व सुदूरपश्चिमको सस्कृति झल्काउदै धूमधाम सँग मनाउने तयारी  अन्तिम चरणमा !

केशब कटुवाल, दुबई – ‘हाम्रो परम्परा हाम्रो सास्कृति हाम्रो पहिचान, सहयोगार्थका लागि चेतना जगाउने अभियान’ भन्ने मुल नारालाइ आत्मसाथ गर्दै युएइमा रहेका सुदुरपश्चिमबाशी नेपालिहरुलाइ एकसुत्रमा बाध्दै देशमा हुने विभिन्न दैवी प्रकोप जस्ता बिपत्तिहरुमा र गरिब असहायहरुलाइ सहयोग गर्ने उदेश्यले २०१५मा स्थापना भएको सुदुरपश्चिम सेवा समाज युएइले सुदुरपश्चिमाञ्चलको विभिन्न धार्मिक एवं सांस्कृतिक चाड पर्ब मनाउदै आएको छ ।


बिगतका बर्ष झै सुदुरपश्चिम सेवा समाज यूएइ को आयोजनामा अगस्ट ३० तारिक सुक्ररबारको दिनमा यु ए ई काे बर दुबईमा सुदूर पश्चिमको महान चाड गौरा पर्व सुदूरपश्चिमको सस्कृति झल्काउदै धूमधाम सँग मनाउने तयारी भैरहेको जानकारी कार्यक्रम संयोजक सुरज शाह ले दिनु भएको छ। सुदूर पश्चिमको बोली भाषा सस्कृति को संरक्षण र सम्बर्द्धन गर्न सधै अग्रसर सुप समाज यूएइको उक्त गौरा पर्वको कार्यक्रममा लगभग पाँच सय जना जति सुप बासी र गैर सुप बासिको उपस्थिति हुने जानकारी पनि उहाले गराउनु भयो भने यसै कार्यक्रमका लागि नेपाल बाट चर्चित गायक तथा मोडल चक्र बम र चर्चित गायिका रेखा जोसी आमन्त्रित हुनुहुन्छ र स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने छ ।

यु ए इ मा महिलाले नेतृत्व गरेको सु. प. समाज कि अध्यक्ष सन्ध्या भण्डारी बोगटी ले कार्यक्रम तयारीको अन्तिम चरणमा पुगेको र भब्य अनि शभ्य रुपले सम्पन्न हुनेमा आशाबादी रहदै सम्पूर्ण युएइमा रहनु भएका नेपालीहरुलाइ समय मिलाएर कार्यक्रममा उपस्थिति भइ गौरा देवि को प्रशाद(बिरुडा) ग्रहण गर्नुका साथै कार्यक्रमको सोभा बढाईदिनु हुन सम्पूर्णलाइ हार्दिक अनुरोध गर्नु भएको छ ।

प्रकाशित मिति August 26, 2019
Loading...