नर्स अस्मिता साधारण तारेखमा रिहा!

काठमाडौं -:  पत्रकार शालिकराम पुडासैनी प्रकरणका आरोपित सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कंडेल धरौटीमा रिहा हुने भएका छन् । नर्स अस्मिता भनिने रुकु कार्की भने साधारण तारेखमा रिहा भएकी छन् ।

पुडासैनीलाई दुरुत्साहन गरेको आरोप लागेका रविलाई ५ लाख र युवराजलाई ३ लाख धरौटीमामा रिहा गर्न जिल्ला अदालत चितवनले आदेश दिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय चितवनले आइतवार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।यससँगै रवि सहितका तीनै जना पक्राउ परेको १२ दिनपछि रिहा हुने भएका छन् ।यसअघि जिल्ला अदालतबाट २ पटक गरी १० दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरेको थियो ।प्रहरीले प्राप्त प्रमाणसहितको अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति August 26, 2019
Loading...