रवि लामिछानेमाथि सम्पत्ती शुद्धिकरणको पनि मुद्धा चलाइने , राष्ट्र बैंक संग खाताको विवरण मागियो !

प्रहरीले पत्रकार शालिकराम पुडासैनी दुरुत्साहन कसुर अपराधका आरोपी तीनै जनाको बैंक खाता र खाताको विवरण माग्दै नेपाल राष्ट्र बैंकलाई पत्र लेखेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनले भदौ ४ गते नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै दुरुत्साहन मुद्दाका प्रतिवादी टेलिभिजन प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता भन्ने नर्स रुकु कार्कीको बैंक खाता विवरण माग गरेको स्रोतले जनाएको छ ।

चितवन जिल्ला अदालतमा दर्ता अभियोगपत्रमा समावेश पत्रअनुसार तीनै प्रतिवादीहरुको नेपालका वाणिज्य बैंकहरुमा भएका खाता र तिनको विवरण माग गरिएको छ।सरकारी वकिलले अदालतमा बुझाएको मिसिलको सबुत प्रमाण क्रम संख्या ६६ मा पत्र पठाएको विवरण उल्लेख छ।

चितवनको होटल कंगारुमा साउन २० मा … गरेका पत्रकार शालिकरामले मर्नुअघि बनाएको भिडियोमा प्रस्तोता रविसहित सिधाकुरा जनतासँगको टिमले करोडौं रकम उठाएको उल्लेख गरेका थिए । रविले ठूला व्यापारी र तस्करसँग रकम असुलेको र आफूलाई थोरै रकम दिएको आरोप लगाएका थिए।

यो बाहेक उनले मासिक १५ लाख रुपैयाँ अमेरिका पठाउने गरेको विषय सार्वजनिक भएपछि प्रहरीले उनको बैंक खाता तथा कारोबार खोजबिन सुरु गरेको हो ।

मृतकले भिडियोमा बोलेको विवरणको सत्यता जाँच्न राष्ट्र बैंकलाई पत्र लेखेको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी दिपक रेग्मीले जनाएका छन् ।प्रहरीले राष्ट्र बैंकले विवरण उपलब्ध गराएपछि शालिकरामले भनेअनुसार रविको खातामा स्रोत नखुलेको रकम भेटिए सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागलाई समेत कारवाहीका लागि पत्र लेख्ने तयारी गरेको छ ।

प्रकाशित मिति August 26, 2019
Loading...