मौलिक हक विपरीत चितवनमा निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला हुन नपाइने

जिल्ला प्रशासन कार्यालय चितवनले मौलिक हक विपरीत निषेधाज्ञा जारी गरेको छ । संविधानमा भएको मौलिक हक अन्तर्गत धारा १७ मा स्वतन्त्रताको हक छ, जसमा विचार र अभिव्यक्ति, विना हातहतियार शान्तिपूर्वक भेला र प्रदर्शन गर्न पाउने स्वतन्त्रताको अधिकार दिएको छ । तर चितवन जिल्ला प्रशासनले भने मौलिक हकलाई समेत नजर अन्दाज गरी शान्तिपूर्वक भेला हुन समेत निषेध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार राति जारी गरेको एक आदेशमा सोमबार बिहान ६ बजेदेखि लागू हुने गरी भेला र प्रदर्शनमा रोक लगाएको छ । जारी आदेशमा ५ जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ ‘।

सोमबार बिहानदेखि लागू हुनेगरी सुरक्षा व्यवस्था थप कडा पारेको छ । चितवन जिल्ला सुरक्षा समितिले आइतबार राति एक आदेश जारी गर्दै सोबार बिहान ६ बजेदेखि लागू हुने गरी सुरक्षाव्यवस्था थप कडा पारेको जानकारी दिएको हो ।

आइतबार जारी गरेको आदेशमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को (३) ‘क’को प्रयोग गर्दै सोमबार बिहान ६ बजेदेखि अनिश्चित कालका लागि चार किल्ला तोकेर प्रदर्शन गर्न र पाँचजनाभन्दा बढी भेला नहुन आदेश जारी गरेको हो । उक्त दफामा परिस्थितिजन्य अवस्थामा कसैलाई कुनै काम गर्न दिनबाट निषेध गर्ने उल्लेख गरिएको छ ‘।

तोकिएको क्षेत्रमा प्रदर्शन, हुलदंगा र अशान्ति पैदा गर्न खोजे कानुनी कारबाही हुने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतद्वारा जारी आदेशमा उल्लेख छ । पत्रकार शालिकराम पुडासैनी प्रकरणका अभियुक्त रवि लामिछाने र युवराज कँडेलको अदालती बयान आज हुँदैछ । उक्त प्रकरणकी अभियुक्त रुकु भनिने अस्मिता कार्कीको बयान आइतबार नै सकिएको छ ।

पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकहरूले दिनहुँ प्रदर्शन गर्दै आएका छन् । थुनछेक बहस पनि आजै हुने सम्भावना रहेको र त्यसपछि आदेश आउने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको हो ।

सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको निःशर्त रिहाइको माग गर्दै देशभर प्रदर्शन भइरहेको छ । सञ्चारकर्मी लामिछाने र कँडेललाई गैह्रकानूनी ढंगबाट प्रहरी हिरासतमा लिइएको विरोधमा आइतबार पनि मुलुकका विभिन्न ठाउँमा स्वस्फूर्त रुपमा स्थानीयले र्‍याली र कोणसभा भएको थियो। आइतबार भएको प्रदर्शनमा प्रहरीले डेट एक्स्पायर अश्रु ग्यास समेत प्रहार गरेको थियो’ ।

स्रोतस् न्युज २४

प्रकाशित मिति August 26, 2019
Loading...