संसार कै ठूलो हिन्दु मन्दिरको दर्सन गर्दै रवि सरको लागि प्राथना गरौ र एक सेयर गर्नुहोस् !

एजेन्सी-:  संसारकै सबैभन्दा ठूलो हिन्दु मन्दिर जो कम्बोडियामा रहेको छ । कम्बोडियाको ठुलो क्षेत्र्मा फैलिएको यो मन्दिरको निर्माण सम्राट सुर्यवर्मन द्वितीयले आफ्नो शासनकालको इश्बी सम्बत १११२-५३मा यस मन्दिरको निर्माण गरेका हुन् । मिकांग नदिको किनारमा रहेको सिमरिप शहरमा यो मन्दिर रहेको छ । सयौ वर्ग माइलमा फैलिएको यस मन्दिर क्षेत्रमा भगवान शिव तथा विष्णु को बिशाल मन्दिरहरु रहेका छन् ।

मन्दिर खमेर वास्तुकला को उच्च परम्परागत शैलीको शिखरमा रहेको छ। कम्बोडियाको राष्ट्रध्वजमा समेत यस मन्दिरको प्रतिकलाई राखिएको छ ।अंकोरवाट मन्दिर मेरु पर्वतको प्रतिक समेत मान्ने गरिन्छ । वार्षिक लाखौको संख्यामा पर्यटकले यस मन्दिरको भ्रमण गर्ने गर्दछन । विश्वकै सबैभन्दा लोकप्रिय पर्यटन स्थाल मध्य एक यस मन्दिरलाइ युनेस्कोले बिश्व सम्पदा सुचिमा राखेको छ । श्रोत: मिडिय एनपी

यो पनि पढ्नुहोस्
बुद्धले ब्राह्मणवादको विरोध गरे, तर संघमा ब्राह्मणहरूलाई नै उच्च स्थान दिए । ती होनहार ब्राह्मणहरूको प्रवेश नभएको भए बुद्ध धर्म शायद आजको स्थानसम्म आइपुग्दैनथ्यो होला । धेरैलाई थाहा नहोला– कपिलवस्तुका पाँच ब्राह्मण नै बुद्ध धर्मका प्रथम भिक्षुहरू थिए ।

कपिलवस्तु गणराज्यमा क्षेत्रीय कुलका शाक्यवंशी राजा शुद्धोदनको छोरो जन्मेको समाचार सुनेर हेर्न आउने प्रथम व्यक्ति हिमालयमा तपस्यारत शाक्य राजपुरोहित असित कालदेवल ब्राह्मण थिए । असित ऋषिको साथमा उनकै भान्जा नालक पनि थिए । ऋषिलाई ढोगाउन खोज्दा बत्तीस लक्षण युक्त, असाधारण गुणले सोभित बालकलाई उल्टै ऋषिले ढोगे । बालकलाई हेरेपछि असित ऋषि शुरुमा हाँसे अनि रोए । हाँस्नुको कारण थियो– पृथ्वीमा यस्तो बालक जन्मेको छ, जो गृहस्थ भए चक्रवर्ती राजा र गृहत्याग गरे बुद्ध बन्नेछ, संसारलाई दुःखबाट मुक्त गर्ने विश्वगुरु हुनेछ । ऋषि अनि रोए, किनकि बालक बुद्ध बनेर ज्ञान बाँड्ने बेलामा उनको देहान्त भइसक्नेछ, ज्ञान प्राप्तिको अवसर पाइने छैन । असित ऋषिले तत्क्षण चौरासी करोड धनका स्वामी भान्जा नालकलाई बालकले बुद्धत्व प्राप्त गरेपछि उपदेश लिन काषायबस्त्र पहिरनमा गृहत्याग गर्न लगाई तपस्याका लागि हिमालय पठाए । पछि नालकसँग भेट हुँदा बुद्धबाट नालकोवाद भन्ने सूत्र देशना (उपदेश) भएको थियो ।

बालकको नामकरण बेला कपिलवस्तुका राम, धज, लक्षण, मन्ती, भोज, सुयाम, सुदत्त र कौण्डन्य नामका आठ ज्योतिष ब्राह्मणहरू भेला भएका थिए । तीमध्ये सात जनाले दुई औंला ठड्याएर बालक चक्रवर्ती राजा वा बुद्ध बन्ने सङ्केत गरे । तर, सबभन्दा कान्छा कौण्डन्यले एउटा मात्र औंलो ठड्याउँदै बालक सर्वअर्थ सिद्ध गर्ने बुद्ध नै बन्ने ठोकुवाका साथ सिद्धार्थ गौतम नामकरण गरेका थिए । गौतम (उत्तम गाई) नाउँ हो, थर होइन, बुबाको नाउँ शुद्धोदन (पवित्र भात) भए जस्तै । राजकुमार सिद्धार्थले २९ वर्षमा गृहत्याग गर्दा ती आठ ज्योतिष ब्राह्मणमध्ये कौण्डन्य मात्र जीवित थिए । राजकुमारले गृहत्याग गरेको सुन्नेबित्तिकै दिवङ्गत सात ब्राह्मणका छोराहरू वप्प, भद्दिय, महानाम र अस्सजिले पनि कौण्डन्यसँगै गृहत्याग गरी प्रवजित (भिक्षु) बनी साथमा लागे ।

संघ निर्माणमा ब्राह्मण: वैशाख पूर्णिमाका दिन बोधगयामा बुद्धत्व प्राप्त गरेको दुई महिनापछि आषाढ पूर्णिमामा बनारस सारनाथ पुगेका बुद्धले पाँच ब्राह्मणहरूलाई भिक्षु बनाएर संघ निर्माण थालेका थिए । सारनाथको त्यही बसाइमा बुद्धले एक जना महाजनका छोरा यशकुमारसहित ५५ जनालाई पनि भिक्षु बनाए । ती भिक्षुलाई बुद्धले ‘चरथ भिक्खवे चारिकं बहुजन हिताय बहुजनसुखाय लोकानुकम्पाय’ भन्ने वाक्य उद्घोष गरी धर्म प्रचारमा पठाए । त्यसपछि सरासर गया गएका बुद्ध प्रख्यात तीन भाइ जटाधारी ब्राह्मणहरू उरुबेल काश्यप, नदी काश्यप र गया काश्यपसहित १००० शिष्यका साथ बसे । बुद्धले तिनलाई प्रज्ञासँगै हजारौं ऋद्धि (अलौकिक शक्ति) देखाउँदै धर्म देशना गरी प्रदीक्षित बौद्ध भिक्षु बनाए । यसरी शुरुमै १००० ब्राह्मण भिक्षु बनेकाले बुद्ध धर्मको प्रवाह सशक्त हुनपुग्यो ।

राजगृह नगर (तत्कालीन मगधको राजधानी)मा एक दिन कपिलवस्तुका प्रथम पाँच भिक्षुमध्ये सबैभन्दा कान्छो अस्सजि भिक्षाटनमा गएको देख्दा प्रभावित भएका उपतिस्स ब्राह्मण र कोलित ब्राह्मण परिव्राजक (साधु) पनि बुद्धकहाँ गएर सारीपुत्र र मौदगल्याण नामका भिक्षु बने । धनी र प्रख्यात परिवारका होनहार सारीपुत्र र मौदगल्याण बुद्ध धर्ममा दीक्षित भएपछि बुद्धका अग्रश्रावक (अग्रपङ्तिका भिक्षु) बने । मौदगल्याण ऋद्धि (अलौकिकता) र सारीपुत्र प्रज्ञा (ज्ञान)तर्फका अग्रश्रावक भिक्षुका रूपमा प्रतिष्ठित भए । बुद्ध बिहारहरूमा बुद्धको प्रतिमाको दायाँ बायाँ उभिएका दुई भिक्षु मूर्तिहरू उनीहरूकै हुन् ।

सारीपुत्र र मौदगल्याणपछि बुद्ध जत्तिकै मर्यादा प्राप्त भिक्षु महाकाश्यप पनि धेरै धनी ब्राह्मण परिवारका थिए । धुताङ्गधारीहरूमा श्रेष्ठ महाकाश्यप बुद्ध जस्तै रुप र तेज भएकाले कतिपय मानिस झुक्किन्थे पनि । एकपटक बुद्धले महाकाश्यपसँग चीवर (बस्त्र) साटेका थिए । बुद्धको महापरिनिर्वाण हुँदा महाकाश्यपले नै दागबत्ती दिएका थिए । महाकाश्यप बुद्धका उत्तराधिकारी जस्तै थिए । बुद्धको परिनिर्वाण भएको दुई महिनापछि राजगिरको सप्तपर्णि गुफामा मगध नरेश अजातशत्रुको संरक्षकत्वमा भएको शीर्षस्थ ५०० अरहत (मोक्षप्राप्त) भिक्षु सहभागी प्रथम धर्मसंगायना (धर्मसभा)को अध्यक्षता महाकाश्यपले गरेका थिए ‘।

प्रकाशित मिति August 25, 2019
Loading...