दुखत खबर,रवि विरुद्धको मुद्धा १ नम्बर इजलासमा ! आज नछुट्ने !

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजनकर्मी लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीविरुद्ध जिल्ला अदालत चितवनमा अभियोगपत्र दायर भएको छ ।

प्रहरीले अनुसन्धान गरेपछि उनीहरुलाई मुलुकी अपराध संहिताको दफा १८५ अर्थात् आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा सरकारी वकिलको कार्यालयले अभियोग पत्र दर्ता गरेको हो ।

अहिले जिल्ला अदालत चितवनको एक नम्बर इजलाशमा उनीहरुकाे बयान सुरु भएको छ ।न्यायाधीश हेमन्त रावलको इजालशमा बयान चल्दै गर्दा बाहिर समर्थकको भीडभाड रहेको बताइएको छ |

 

प्रकाशित मिति August 25, 2019
Loading...