भाइ आज छुट्ने आशामा रविका दाजु अदालतबाट बाहिर ! हजारौ मानिसको भिड रविको बारेमा बोल्दा शब्दै पिच्छे तालिको बर्षा।

पत्रकार शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धानका लागि प क्राउ परेका टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’का सञ्चालक रवि लामिछानेसहित ३ जनालाई जिल्ला अदालत चितवनले थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ। प्रहरीले लामिछानेसहित पत्रकार युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई मंगलबार दोस्रो पटक जिल्ला अदालत चितवनमा पेस गरेको थियो। अनुसन्धान नसकिएको भन्दै प्रहरीले ५ दिन थुनामा राख्न माग गरेकोमा अदालतले ५ दिनकै लागि म्याद दिएको हो।

२०७६ साउन ३० मा काठमाडौंबाट नियन्त्रणमा लिएका उनीहरुलाई पहिलो पटक ३१ साउनमा अदालत उपस्थित गराइएको थियो। त्यतिबेला पनि अदालतले ५ दिन नै थुन्न आदेश गरेको थियो।राजधानीबाट गएका रवि लामिछानेका कानुन व्यवसायी सुनिल पोखरेलसहितले धरौटीमा छोडी कानुनी प्रक्रिया अघि बढाउनु पर्ने माग गरेका थिए।

अदालतको तीन नम्बर बेञ्चमा भएको सुनुवाईमा न्यायाधीशले दुवै पक्षको बहस सुनेका थिए। प्रहरीले जुटाएका तथ्य प्रमाण तथा कानुन व्यवसायीको तर्क सुनिसकेपछि न्यायाधीश गायत्रीप्रसाद रेग्मीले आत्मह त्या दुरु त्साहनमा प क्राउ परेका लामिछानेसहित ३ जनालाई नै थप ५ दिन थुन्न अनुमति दिएका हुन्। अनुसन्धानको काम बाँकी रहेको प्रहरी भनाइ छ।

यसअघि सोमबार र मंगलबार गरी जिल्ला सरकारी वकिलको कार्यालयमा तीनै जना अभियुक्तसँग बयान लिने काम भएको थियो।सोमबार बयानका क्रममा सरकारी वकिलसँग रविले आफूलाई आरोप लगाएर पुडासैनीले बोलेको भिडियो अहिलेसम्म नहेरेको बताएका थिए। उनले बयानका क्रममा आफूलाई गा ली गरेको र आ रोप लगाएको भन्ने अरूबाटै सुनेको तर भिडियो भने नहेरेको बताएका छन् |

प्रकाशित मिति August 25, 2019
Loading...