के आज छुट्लान त रवि लामिछाने ? यस्तो छ भित्री खेल !

चितवन -:  हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई प्रहरीले आज (आइतबार) अदालतमा पेश गर्दैछ । चितवन प्रहरीको हिरासतमा रहेका उनलाई अदालतले अनुसन्धानका लागि ५ दिनको समय दिएकाले आज अदालत पेश गर्न लागिएको हो ।

अदालतले दिएको ५ दिनको समय हिजो (शनिबार) नै पूरा भएपनि विदा भएकाले आज अदालत पेश गर्न लागेको हो । आज प्ररहरीले रविसहितका तीन जनालाई अदालत पेश गर्नेछ ।

न्यूज २४ स्थित कार्यालयमा रहेको बेला लामिछानेलाई शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धान गर्न भन्दै प्रहरीले नियन्त्रणमा लिएर चितवन लगेको थियो । चितवन लगेको भोलिपल्ट शुक्रवार लामिछानेलाई प्रहरीले अदालतमा पेश गरेको थियो ।

फेरि म्याद थपिने शंका

अदालतले दोस्रो पटक म्याद थपेपछि जारी भएको एक अडियोमा रविले आफूलाई पुनः म्याद थप गर्ने आशंका व्यक्त गरेका छन् ।पत्रकार टेकनारायण भट्टराईले हिरासतमा रहेका रविसँग गरेको कुराकानी अडियो सार्वजनिक भएको थियो । जसमा रविले आफूलाई विभिन्न वाहनामा पुन म्याद थप्ने योजना रहेको आशंका व्यक्त गरेका थिए ।

‘इमेल गरेर उपलव्ध हुने कल डिटेल रिपोर्ट आएन रे १’ रविले अडियोमा भनेका छन्,‘ यस्ता वाहनामा पुन म्याद थपको तयारी भएको छ ।प्रहरीको उच्च सुरक्षा श्रोतको दावी अनुसार रवि माथिको थप अनुसन्धान पूरा नभएका कारण अदालतसमक्ष कम्तिमा पाँच दिन समय माग्ने तयारी गरेको छ ।

प्रकाशित मिति August 25, 2019
Loading...