चितवन प्रहरी प्रमुख दानबहादुरको कडा चेतावनी : हिरासतमा रविको अन्तवार्ता लिनेलाई कारवाही

०७ भदौ २०७६, काठमाडौँ- : हिजोमात्र हिरासतबाट रविको अडियो कुराकानी सार्वजनिक भएको थियो । एक पत्रकारले रविलाई भेट्न गएको बेला अडियो रेकर्ड गर्न भ्याएका थिए । यस्तै चितवन प्रहरी प्रमुख दानबहादुर मल्ले न्यायिक हिरासतमा रहेका पत्रकार रवि लामिछानेको अन्तवार्ता लिनेलाई कारवाही हुने बताएका छन् ।

रविले प्रहरीबाट आफू असुरक्षित भएको बताएपछि दानबहादुरले चेतावनी दिएका हुन् । अनुसन्धानको दायरामा रहेका व्यक्तिको अडियो, भिडियो अन्तर्वार्ता सार्वजनिक गर्न नपाइने मल्लको तर्क छ ।

सार्वजनिक भिडियो कसले बाहिर ल्यायो भन्ने विषयको पनि अनुसन्धान भइरहेको र बाहिर ल्याउनेलाई कारबाही गरिने मल्लले बताएका छन् ।

प्रकाशित मिति August 24, 2019
Loading...