काठमाडौं -: टेलिभिजनकर्मी रवि लामिछानेलाई रिहाई गर्न माग गर्दै शनिबार राजधानीको माइतीघरमा प्रदर्शन गरिएको छ । भ्रष्टाचार, बेथिति, अन्याय र लुटतन्त्रविरुद्ध भन्दै नेपालका लागि नेपाली नामक समूहले प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा उनीहरुले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा लामिछानेको कुनै संलग्नता नभएपनि फसाउन खोजिएको दाबी गरेका थिए ।
साउन २० मा पुडासैनी चितवनमा मृत अवस्थामा फेला परेपछि सार्वजनिक भएको भिडियोका आधारमा लामिछानेसहित अस्मिता कार्की र पत्रकार युवराज कँडेल पक्राउ परेका थिए ।
उनीहरु पक्राउ परेसँगै रवि समर्थकले निरन्तर रिहाइको लागि दवाव दिँदै आन्दोलन गर्दै आएका छन् ।
प्रकाशित मिति August 24, 2019
Loading...