लामिछानेलाई भेट्न चितवन पुगे प्रहरी महानिरीक्षक खनाल,के के भने त ? भिडियो सहित

काठमाडौं –: प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय चितवनको हिरातसतमा रहेका टिभी प्रस्तोता रवि लामिछानेलाई भेटेका छन् ।

भेटका क्रममा आईजीपी खनालले  रवि लामिछानेलाई प्रहरी हिरासतमा कोही पनि असुरक्षित नहुने बताएका छन् ।यसअघि श्रीमती निकिता पौडेलको फेसबुक एकाउन्टमार्फत रवि लामिछानेले आफू प्रहरी हिरासतमै असुरक्षित भएको बताएका थिए ।

जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षण भ्रमणको क्रममा लामिछानेसहित सञ्चारकर्मी युवराज कँडेल र अस्मिता कार्कीलाई आईजीपी खनालले अनुसन्धानमा सहयोग गर्न समेत आग्रह गरेका छन् ।पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएपछि लामिछानेसहित तीनै जना गत हप्ता काठमाडौंबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति August 23, 2019
Loading...