चितवन -: पत्रकार शालिकराम पुडा*सैनीको आत्मह*त्या घटनाका आरोपीसँग बयान लिने क्रम सकिएको छ ।जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अस्मिता कार्की*सँग र सोमबार सञ्चारकर्मी रवि लामिछाने तथा युवराज कँडेलसँग बयान लिएर सकेको हो ।प्रारम्भिक बयानका क्र*ममा मृत*क पुडासैनीसँगको चिनजान, कामको सिलसिला, व्यव*हारबारे लामिछानेसँग जानकारी लिइएको छ । कँडेल र कार्की*ले भने इन्कारी बयान दिएको स्रोतले जनाएको छ ।
पत्रकार शालिकराम पुडासैनीलाई दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई म्याद थप गर्न मंगलबार अदालत लगिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो ।
गएको बिहिबार काठमाण्डौबाट पक्राउ गरेर चितवन लगिएका उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसनधान गर्न अदालतले दिएको समय सोमबार सकिए पनि अनुसन्धान बाँकी नै रहेकाले म्याद थपको लागि मंगलबार जिल्ला अदालत लैजान लागिएको हो ।
पुडासैनीको पोष्टमार्टम रिपोर्ट आइसकेको र तीन जनाकै प्रारम्भिक चरणको बयान सकिएको जानकारी उहाँले दिनुभयो । पोष्टमर्टम रिपोर्टमा पत्रकार पुडासैनीकोे आ*त्म*ह*त्या कै कारण ज्यान गएको उल्लेख गरिएको छ’ ।
पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीका कारण आफू मर्न बाध्य भएको बताएकाले प्रहरीले तीनै जनालाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको छ|
प्रकाशित मिति August 22, 2019