ट्युसन सेन्टरमा भीषण आगलागी, २० विद्यार्थीको जलेर मृत्यु  !

गुजरात (भारत) – गुजरातस्थित एक ट्युसन सेन्टरमा आगलागी हुँदा कम्तिमा २० जना विद्यार्थीको जलेर मृत्यु भएको छ ।

सुरत सहरमा रहेको सो ट्युसन सेन्टर विद्यार्थीले खचाखच भरिएको थियो । पढाई भईरहेका बेला सो ट्युसन सेन्टरमा आगो लागेको थियो । आगोका कारण ज्यान गुमाएकामध्ये अधिकांश किशोर–किशोरी रहेको प्रहरीले जनाएको छ ।

ट्युसन सेन्टर भवनको माथिल्लो तलामा थियो । त्यहाँ एकाएक आगो फैलिएपछि केही विद्यार्थी त्यहीँ जलेका थिए भने आगोबाट जोगिन केही विद्यार्थी भवनको माथिल्लो तलाबाट फाल हानेका थिए ।

घाईते २० जना विद्यार्थीलाई अहिले गुजरातका विभिन्न अस्पतालमा राखी उपचार गराईएको छ । भवनको छतमा राखिएका बस्तुबाट आगो फैलिएको हुन सक्ने प्रहरीले अनुमान गरेपनि अहिलेसम्म एकीन कारण पत्ता लागिसकेको छैन ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुख व्यक्त गरेका छन् र सहयोगमा जुट्न अधिकारीहरुलाई निर्देशन दिएका छन्

प्रकाशित मिति May 25, 2019
Loading...