रवि लामिछानेलाई चुनाव जितेर प्रधानमन्त्री बन्न किशोर श्रेष्ठको शुभकामना (भिडियोसहित)

प्रेस काउन्सिल नेपालका कार्यवहाक अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले न्यूज २४ टेलिभिजनका चर्चित प्रस्तोत रवि लामिछानेलाई चुनाव जितेर प्रधानमन्त्री बन्न शुभकामना दिएका छन् । पत्रकार शालिकराम पुडासैनीको रह*स्यमय निध*नका सम्बन्धमा छानबिनका लागि रविसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएपछि श्रेष्ठमाथि विभिन्न आशंका र आरोप लाग्न थालेको थियो ।

श्रेष्ठले रविलाई फसाउन खोजेको लगायतका आरोप लाग्न थालेपछि क्यानडानेपालका प्रतिनिधिलाई बोलाएर आफ्ना धारण सार्वजनिक गरेका हुन् । केही महिनाअघि श्रेष्ठ र रविबीच टकराव चलेको थियो । तर, आफूले रविप्रति कुनै रिस नसाँधेको श्रेष्ठको दाबी छ ।

बरु आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै उनले रवि दोषी हुन् वा निर्दाेष कानुनले भन्ने बताए । सोही क्रममा श्रेष्ठले रविलाई चुनाव जितेर प्रधानमन्त्री बन्न शुभकामना दिए ।

हेर्नुहोस् उनै श्रेष्ठसँग लिइएको भिडियो:

योपनि पढ्नुहोस्- रवि लामिछाने सहित तीन जनाको लिइयो बयान, सुटुक्क पुर्याइयो सरकारी वकिल कार्यालय

पत्रकार शालिकराम पुडासैनीको विषयमा अनु*सन्धान गर्न प क्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई सहित तीन जनाको आज पनि बयान लिइएको छ । लामिछाने सहित तीनै जनालाई सरकारी वकिलको कार्यालय पु¥याइ आज बयान लिइएको हो । प्रहरी कार्यालय अगाडी चार दिन देखि रविका समर्थकको प्रद र्शन जारी रहेका कारण उनलाई सुटुक्क सरकारी वकिलको कार्यालयमा बयानका लागि लगिएको थियो ‘।

अदालतले थपेको पाँच दिनको आज अन्तिम दिन भएकाले तीनै जनाको बयान लिइएको हो । सोही वयानका आधारमा प्रहरीले जिल्ला अदालत चितवनमा मु द्धा दर्ता वा म्याद थपका लागि पेस गर्नेछ । आज निषे धित क्षेत्र जारी गरेकोले प्रहरीलाई सरकारी वकिलको कार्यालय लैजान सहज भएको थियो ।यसैबीच नेपाली कांग्रेस चितवनले पत्रकार शालिकराम पुडासैनी प्रक रणमा निर्दोष जे ल पर्ने र दो षी छुट्ने काम हुन नहुने जनाएको छ ‘।

प्रकाशित मिति August 20, 2019
Loading...