पुडासैनी प्रक*रण : अस्मिताले दिइन् भिडियो बयान, खुलाइन यस्तो कुरा

प्रहरीसँगको भिडियो बयानमा अस्मिताले सडक दुर्घ*टनामा मृ*त्यु भएका आफ्ना पूर्वप्रेमीसँग अनुहार मिलेकाले शालिकरामलाई सामाजिक सञ्जाल फेसबुकमा साथी बन्न अनुरोध पठाएको बताएकी छन्।

काठमाडौं-:  प्रहरीले पत्रकार शालिकराम पुडासैनीको मृ*त्यु प्रक*रण अनुसन्धा*नका लागि ३० साउन २०७६ मा काठमाडौंबाट नियन्त्र*णमा लिएकी अस्मिता कार्की र ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संवाददाता युवराज कँडेलसँग बयान लिएको छ।

पत्रकार पुडासैनी मृ*त्यु प्रक*रणमा चितवन प्रहरीले रवि लामिछानेसहित तीनजनाविरुद्व अदालतबाट म्याद लिएर आ*त्मह*त्याका दुरुत्साहन अभियोगमा अनुसन्धान गरिरहेको छ।

प्रहरी स्रोतका अनुसार युवराजसँग लिखित र अस्मितासँग भिडियो बयान लिइएको छ। प्रहरीसँगको भिडियो बयानमा अस्मिताले सडक दुर्घ*टनामा मृ*त्यु भएका आफ्ना पूर्वप्रेमीसँग अनुहार मिलेकाले शालिकरामलाई सामाजिक सञ्जाल फेसबुकमा साथी बन्न अनुरोध पठाएको बताएकी छन्। फेसबुक चलाइरहँदा शालिकरामको फोटोसहित ‘पिपुल मे यु नो’ भन्ने देखेपछि अनुरोध पठाएको उनले उल्लेख गरेकी छिन्।

‘फेसबुकमा साथी भएपछि कुराकानी हुन थाल्यो। त्यसपछि निकटता बढ्यो’, ‘पछिल्लो समय प्रेम सम्बन्धमा थियौं।’अस्मिताले प्रहरी बयानमा भनेकी छिन्, सिधा कुरा जनतासँग’सँगका रवि र युवराजपछि यो प्र*करणसँग जोडिएकी पात्र अस्मिता कार्की हुन्। पत्रकार पुडासैन माउन्टेन टेलिभिजनमा कार्यक्रम सुरु गरेपछि दुवैबीच खटपट सुरु भएको र त्यसपछि अस्मिता शालिकरामविरुद्ध ‘सिधाकुरा जनतासँग’ पुगेको तथा रवि र युवराजले आफूविरु*द्ध कार्यक्रमको तयारी गरेपछि आ*त्मह*त्या गर्न विवश भएको भिडियोमा उल्लेख गरेका छन्।

प्रहरीले विज्ञ टोलीले तीनैजनालाई फरक समयमा बयान लिने रणनीति बनाएको छ। प्रहरीले लिएको बयान थप अनुस*न्धान र जाँचका लागि सहायक हुनेछ। ‘बयानमा बाझिएका विषयमा थप अनुसन्धान हुन्छ,’ अनुस*न्धानमा संलग्न प्रहरी अधिकारी भनछन्, ‘यो घटनाभन्दा बाहिरका कतिपय विषय पनि खुलेका छन्।’

प्रहरीकाअनुसार रवि लामिछानेसँग पनि आजै प्रारम्भिक बयान लिइनेछ। प्रहरीले तीनैजनाको प्रारम्भिक बयानसहित मंगलबार चितवन जिल्ला अदालतबाट थप अनुसन्धान म्याद लिन तयारी गरेको छ।

‘मृ*त्तकको कल डिटेल आएको छ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भन्छन्, ‘मंगलबार थप तीनजना प्रतिवादीको कल डिटेल लिएर अनुसन्धान जारी रहन्छ।’

मोबाइलमा भएका सबै डाटा रिकोभर भएका छन्। मु*द्दाको अनु*सन्धानसँग जोडिएका प्रमाण ठहरिने विषय मात्र हामी हेर्नेछौं,’ प्रहरी स्रोतले भन्यो

शालिकरामको मोबाइलबाट सबै डाटा रिकोभर-: चितवन प्रहरीको अनुरोधमा प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब (डिएफएल) ले २० साउन २०७६ मा मृ*त्तक शालिकरामका साथबाट बरामद मोबाइलका सम्पूर्ण डाटा रिकोभर गरेको छ। शालिकरामले बोकेको उक्त मोबाइल सञ्चालन भएदेखिका डाटाहरु रिकभर गरिएका हुन्। पहिला–पहिला मेटाएका फोटो, अडियो र भिडियोे समेत रिकोभर गरिएको हो।

‘मोबाइलमा भएका सबै डाटा रिकोभर भएका छन्। मु*द्दाको अनु*सन्धानसँग जोडिएका प्रमाण ठहरिने विषय मात्र हामी हेर्नेछौं,’ प्रहरी स्रोतले भन्यो अनावश्यक विषय सुरक्षित रुपमा प्रहरीले राख्नेछ।

डिएफएलको प्रतिवेदन शनिबारदेखि चितवनमा खटिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी दीपक रेग्मीको टोलीले विश्लेषण गरिरहेको छ। सोमबार अपरान्ह प्रहरीले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक विभागले पठाएको शालिकरामको पोष्ट*मार्टम रिपोर्टका आधार समेत अनु*सन्धान गर्नेछ।

कपडा सुकाउन भन्दै डोरी खरिद 
शालिकरामले घट*ना हुनभन्दा केही घण्टा अघि चितवनको पोखरा बसपार्कस्थित होटल कंगारु नजिकै रहेको होलसेल पसलबाट पाँच मिटर नाइलनको डोरी खरिद गरेको अनुसन्धानमा पुष्टि भएको छ।

कंगारु होटल रहेको स्थानबाट सडक वारी रहेको सो पसलमा पुगेका उनले आफुलाई कपडा सुकाउन डोरी चाहिएको भन्दै पाँच मिटर खरिद गरेका थिए। उनी पसलमा गएको क्लोज सर्किट क्यामरामा रेर्कड भिडियो प्रहरीले बरामद गरेको छ।

२०७६ भदौ १ गतेदेखि कार्यन्वयनमा आएको मुलुकी अप*राध संहिताअनुसार आ*त्मह*त्या गर्न दुरुत्साहन गर्ने व्यक्ति पनि कसुरदार ठहरिन्छ। यही कानुनका आधारमा प्रहरीले रवि लामिछाने, युवराज कँडेल तथा अस्मिता कार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।
नेपाल खबरको सहयोगमा

प्रकाशित मिति August 19, 2019
Loading...