रविलाई भेट्न वरिष्ठ गायक रामकृष्ण ढकाल चितवन प्रस्थान! म्याद थपिने सम्भावना

पत्रकार सालिकराम पुडासैनी घटना झनझन गम्भीर हुँदै गइरहेको बेला चर्चित लोकप्रिय गायक रामकृष्ण ढकाल अनुसन्धानको लागि हिरासतमा राखिएका रवि लामिछानेलाई भेट्न चितवन प्रस्थान गरेका छन् ।

जाँदाजाँदै उनले लेखेका छन् :सत्य कहिले हार्दैन, यदि कदमकदाचित हार्‍यो भने त्यो सत्य होइन !!! सत्यको जीत हुन्छ रवि|
निस्पक्ष र पारदर्शी अनुसन्धान होस् ।

सालिकराम प्रकरणमा हिरासतमा रहेका रवि लामिछाने , युवराज कडेल , अस्मिता कार्की ( रुकु) लाई प्रहरीले भोलि अदालत उपस्थित गराउँदैछन्, पोस्टमार्टम रिपोर्ट पनि चितवन प्रहरी प्रमुख एसपी दान बहादुर मल्लको हातमा परिसकेको छ ।

लामिछाने समर्थकहरुले आजको दिनसम्म पनि शान्तिपूर्ण आन्दोलन गर्न छाडेका छैन, रविको रिहाइ माग सहित दोषीलाई कारबाही हुनुपर्छ भन्दै जनता सडकमा उत्रिरहेका छन्’ ।

प्रकाशित मिति August 19, 2019
Loading...