ओली नेतृत्वको वर्तमान सरकार फेरिन सक्ने प्रचण्डको संकेत

जनकपुरधाम-:  नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको वर्तमान सरकार फेरिन सक्ने संकेत गरेका छन्।

अध्यक्ष प्रचण्डले जनताबाट प्राप्त जनादेशअनुसार ५ वर्षसम्म नेकपाकै सरकार रहेपनि व्यक्ति फेरिन सक्ने अभिव्यक्ति दिएर ओली नेतृत्वको वर्तमान सरकार फेरिन सक्ने संकेत गरेका हुन्।

सोमबार जनकपुर पुगेका अध्यक्ष प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ५ वर्षसम्म नेकपाकै सरकार रहेपनि व्यक्ति फेरिन सक्ने बताएका हुन्।

आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले अर्को चुनावसम्मका लागि आफू नै प्रधानमन्त्री रहने दृढता व्यक्त गरेका थिए।प्रधानमन्त्री ओलीले अर्को चुनावपछि आफूलाई पनि पदमा बसिरहन रहर नभएको भन्दै त्यतिबेलासम्म धेर्य गर्न आग्रह गरेका थिए।

प्रकाशित मिति August 19, 2019
Loading...